काठमाण्डौ – नेपाल टी–२० लिग क्रिकेट प्रतियोगितामा काठमाण्डौ नाइट्सले जनकपुर रोयल्सलाई हराएको छ । आइतवार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा काठमाण्डौले जनकपुरलाई ९० रनले हरायो ।काठमाण्डौले दिएको एक सय ८१ रनको लक्ष्य पछ्याएको जनकपुर १९ ओभर १ बलमा ९० रन बनाउँदा अलआएट भयो । जनकपुरका लागि शरफुद्दिन अशरफले सर्वाधिक ३७ रन बनाए । जनकपुरलाई कम रनमै रोक्न काठमाण्डौका अविनाश बोहराले ३ ओभर १ बलमा १३ रन दिँदै चार विकेट लिए । यस्तै अजमतुल्लाह ओमरनाईले दुई विकेट लिए ।यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको काठमाण्डौले निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय ८० रन बनायो । काठमाण्डौका लागि सुनम गौतमले ६२ र रायन बर्लले ६१ रन बनाए । बलिङतर्फ जनकपुरका जीतेन्द्र मुखियाले तीन विकेट लिए ।यो जितसँगै काठमाण्डौ पाँच खेलमा छ अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ । छ खेल खेलेको जनकपुर आठ अङ्कसहित दोस्रो स्थानमा छ ।

Leave a Reply