संभवत : आज नयाँ प्रधानमन्त्री चयन हुने दिन । हालै सम्पन्न भएको आम चुनावको मत परिणामको आधारमा संसदको पहिलो बैठक बसेपछि आजका लागि राष्ट्रपतिबाट सरकार गठनका लागि आह्वान भएको हो । तर, आजको दिनमा नै प्रधानमन्त्री नियुक्त हुने संभावना निकै कम छ । सत्ताका लागि दलहरुको रस्साकस्सी निकै बढेकाले प्रधानमन्त्री छानिने संभावना कम भएको हो । खासमा प्रधानमन्त्रीका लागि माओवादीका अध्यक्ष र प्रचण्ड र कांग्रेसका सभापति शेरबहादुर देउवाको चाहना तीव्र छ । संसदको समिकरण हेर्दा उनीहरुको चाहना सजिलै पुरा हुने नै देखिन्छ । तर देउवा र प्रचण्ड दुबै आफू पहिलो चरणमा प्रधानमन्त्री हुन चाहन्छन । उनीहरुबीच अहिले को पहिले प्रधानमन्त्री हुने भन्ने चरम विवाद छ । र यसले पनि नयाँ सरकार गठन हुन थप केही दिन अझै लाग्नसक्ने देखिएको छ ।

पाँच पटक प्रधानमन्त्री भइसकेको र उमेर हदका कारण पनि आराम गर्न पर्ने अवस्थामा देउवाले आफूलाई अझै प्रधानमन्त्रीमा दाबी पेश गर्नु जनमतको खिल्ली नै हो । खासमा निर्वाचनको जनमत चैं यी कुनै पनि वृद्ध नेताको पक्षमा छैन । जनमतको हिसाव गर्ने हो भने देउवा र प्रचण्ड दुबै प्रधानमन्त्रीका लागि उपयुक्त पात्र होइनन् र एमाले अध्यक्ष ओली त हालका लागि यसै होइनन् ।

चुनावमा ठूलो पार्टी भनेर दाबी गरेपनि यिनीहरुको निर्वाचन क्षेत्रमा यी नेताले पाएको मतभार र अन्य उम्मेदवारहरुले पाएको मतभारको हिसाव गर्ने हो भने उनीहरुको पराजय छ । त्यसैले पनि यो अर्थमा जनमतको खिल्ली यहाँ भनिएको हो । गठबन्धनको नाउमा मतदातामा पनि सिण्डीकेट खडा गरिएका कारण पनि पार्टीहरुको मत बढेको हो तर जनमत भने यिनीहरुको पक्षमा थिएन छैन यो सत्य कुरा हो ।

Leave a Reply