कलैया, बारा जिल्लाको प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा नेकपा एमालेका अच्युत मैनाली विजयी भएका छन् । लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार र खानेपानी मन्त्री समेत रहेका उमकान्त चौधरीलाई ९ हजार १ सय ३९ मतले हराउँदै मैनाली विजयी भएका हुन् । मैनालीले ३९ हजार १ सय ९५ मतले विजयी भएका हुन् । उनका प्रतिद्धन्दी चौधरीले ३० हजार ५६मत ल्याएर दोस्रो भएका हुन्। मैनाली यसअघि २०७४ सालमा भएको निर्वाचनमा भने उनै चौधरीसंग पराजित भएका थिए ।