पुष्पराज खतिवडा
मन्हर्वा -
सिमा क्षेत्रमा सशस्त्र प्रहरीले तेब्बर संख्यामा शुरक्षाकर्मी परिचालन गरेको जनाएको छ । जिल्लाका ७ स्थानमा बोडर आउट पोष्ट (विओपी) स्थापना गरी सिमा क्षेत्रमा कडाई थालेको सशस्त्रले पछिल्लो समय आफ्नो सक्रीयता अझ बढाएको हो । कोरोना भाईरस (कोभिड १९) को संक्रमण फैलिन नदिन सरकारले जारी गरेको लकडाउनसँगै नेपाल भारत सिमामा हुने आवतजावतमा उसले कडाई जारी राखिएको छ ।
अन्य समय बढिमा १ सय २० जना जतीको संख्यामा सिमाक्षेत्रमा परिचालन हुने सशस्त्र प्रहरी हाल तीनगुण बढी अर्थाल ३ सय ५० जनाबढीको संख्यामा परिचालन गरिएको छ । कोरोना संक्रमण नियन्त्रणका लागि सशस्त्र प्रहरीले सिमाक्षेत्रमा ७ विओपि र १६ वटा सहायक बेसक्याम्पबाट प्रहरी परिचालन गरिरहेका सशस्त्र प्रहरी बल नेपाल १२ नं.गणका गणपती एसपी दिग विजय सुवेदीले जानकारी दिए ।
नेपाल भारत खुल्ला सिमाको फाईदा उठाउँदै निर्वाद आवत जावत गर्ने क्रमलाई यती खेर पूर्ण रुपमा बन्द गरिएको छ । नेपाल भारत दुबै देशमा लकडाउन जारी रहेको छ । नेपालमा भन्दापनी भारतमा कोरोना संक्रमणको अवस्था बढ्दो क्रममा रहेकाले भारतबाट नेपाल प्रवेश यतीबेला असम्भव रहेको सशस्त्र प्रहरीले जनाएको छ ।
रातीको समयमा लुकीछिपी नेपाल प्रवेश गर्न सक्के संभावना रहेकाले स्थानिय तह र समाजका ब्यक्तिहरुसँग सहकार्य गर्दै प्रहरीले सिमानामा काम गरिरहेको सशस्त्र प्रहरी बल नेपाल १२ नं.गणका प्रमुख एसपीसुवेदीले जानकारी दिए । उनका अनुसार सिमा क्षेत्रमा ब्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ, भने स्थानीय तहहरुसँग समन्वय गरी निगरानी समिती मार्फत कार्य अगाडि बढाईएको छ ।
मुलुक लकडाउन अगाडीबाटै सिमा क्षेत्रमा संक्रमण फैलिन सक्ने जोखिमलाई मध्यनजर गरी हेल्थ डेक्सको स्थापना समेत गरी काम थालेको सशस्त्र प्रहरीले ४७ हजारलाई सेवा दियो । गत फागुन दोस्रो साता देखी भारतबाट नेपाल प्रवेश गर्नेहरुको अनिवार्य स्वास्थ्य परिक्षण गर्ने उदेश्यका साथ सुरु गरेको हेल्थ डेक्सबाट स्थानियसँगै भारतबाट नेपाल प्रवेश गरेकाहरुले स्वास्थ्य सेवा पाएको सुवेदीले जानकारी दिए । सशस्त्र प्रहरी बलले जिल्लाको गोलागन्ज, कबहिगोठ ,मटिअर्वा लगायतका स्थानमा एकै पटक तीन स्थानमा कोरोना हेल्थ डेस्क स्थापना गरेको थियो ।
सशस्त्र प्रहरीले जिल्लाको भारतसगँ जोडिएको साना गोरेटो बाटोदेखि ठूला सबै नाकामा जनशक्ति खटाएर निगरानी गरिरहेको पाइएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण बाराले लकडाउन हुनु अगावैबाट जिल्लामा थप जनशक्ति परिचालन गरेको हो । सुबेदीका अनुसार ६० किलोमिटर सिमा रहेको बारा जिल्लाको सिमा दसगजा क्षेत्रमा मात्र ९१ भन्दा बढी स्थानहरुमा सशस्त्र प्रहरीको उपस्थती रहेको छ ।
यसको अलावा सशस्त्र र जनपद दुवैले सीमावर्ती क्षेत्रमा गाडी मोबाइल गस्ती, पैदल गस्ती, मोटरसाइकल तथा साइकल गस्ती लगायतका माध्यमबाट सीमामा निगरानी भैरहेको गणपती सुवेदीले बताए ।
फोटोमा ः नेपाल भारत सिमा क्ष्ोत्रमा खटिएका शसस्त्र प्रहरी ।