नरेश गुप्ता,

बरियारपुर,बाराको ऐतिहासिक एवं पुरातात्विक महत्वको क्षेत्र सिम्रौनगढमा अर्को प्रचिन मूर्ति फेला परेको छ ।

सिम्रौनगढ नगरपालिका वडा नम्बर ४ स्थित हरिहरपुरमा स्थानीय एक किसानको खेतमा पोखरी खन्ने क्रममा कालीमाताको मूर्ति फेला परेको हो । यसअघि सोही खेतमा पोखरी खन्ने क्रममा बिष्णु भगवानको मूर्ति फेला परेको थियो । पोखरीको माटो खनेर कुडवा लगिएको र सोही माटोभित्र पुरिएको अवस्थामा माताको मूर्ति फेला परेको सिम्रौनगढ नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष राजेश यादवले जानकारी दिनुभयो ।

बाराको कुडवास्थित माटो मिलाउने क्रममा स्थानीय शिवबालक मुखिया बिनले मूर्ति देखेपछि भेला भएका स्थानीयले कालीको मूर्ति हरिहरपुरस्थित कमलेशवर नाथ महादेव मन्दिरमा लगेर राखिएको छ ।

ऐतिहासिक एव पुरातात्विक महत्व बोकेको सिम्रौनगढ क्षेत्रको संरक्षण गर्न र परातात्विक सम्पदाको संरक्षण गर्न स्थानीय तह र संबन्धित निकायले थप अनुसन्धान गर्नु पर्ने स्थानीयले माग गरेका छन । ऐतिहासिक सिम्रौनगढ क्षेत्रमा रानिबास मन्दिर, कंकाली माई मन्दिर, झरोखर पोखरी, ऐतिहासिक बक्सालगायतका सम्पदाहरु जीर्ण अवस्थामा छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here