काठमाडौं २७ कार्तिक ।
इंग्ल्यान्डले आइसिसी टी–ट्वान्टी विश्वकप क्रिकेटको उपाधि जितेको छ ।
अस्ट्रेलियाको मेलबर्नमा आइतबार भएको फाइनलमा पाकिस्तानलाई ५ विकेटले हराउंदै इंग्ल्यान्ड च्याम्पियन बनेको हो ।

पाकिस्तानले दिएको १ सय ३८ रनको लक्ष्य इंग्ल्यान्डले १९ ओभरमा ५ विकेट गुमाएर १ सय ३८ रन बनाएर पूरा ग¥यो ।
इंग्ल्यान्डको जितमा बेन स्टोक्स नायक बने । उनले अविजित रहंदै सर्वाधिक ५२ रनको अर्धशतकीय इनिङ खेले । लियाम लिभिङ स्टोन १ रनमा अविजित रहे ।

कप्तान जोस बट्लर २६ रनमा आउट हुंदा ह्यारी ब्रुकले २० रन बनाए । मोइन अली १९ रन, फिल साल्ट १० रनमा आउट भए भने एलेक्स हेल्स १ रनमा आउट भए ।

पाकिस्तानका हरिस राउफले २ तथा शादब खान, मोहमद वासिम र शाहिन शाह अफ्रिदीले १÷१ विकेट लिए ।

त्यसअघि मेलबर्न क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३७ रन बनाएको थियो । पाकिस्तानका लागि शान मसुदले सर्वाधिक ३८ रन जोडे । कप्तान बाबर आजमले ३२ रन जोड्दा मोहमद रिजवानले १५ रन बनाए ।

शादब खानले २० रन जोड्दा मोहमद हरिस ८ रन, मोहमद वासिम ४ रन, मोहमद नवाज ३ रन तथा इफ्तिखर अहमेद शून्य रनमा आउट भए । शाहिन साह अफ्रिदी ५ रनमा अविजित रहंदा हरिस राउफले अविजित १ रन बनाए ।

इंग्ल्यान्डका साम करनले ३ विकेट लिए । घातक बलिङ गरेका उनले ४ ओभरमा मात्र १२ रन खर्चिए । क्रिस जोर्डन र आदील राशिदले २÷२ विकेट लिए । बेन स्टोक्सको नाममा १ विकेट रह्यो । इंग्ल्यान्डले दोस्रो पटक टी–ट्वान्टी विश्वकप क्रिकेटको उपाधि जितेको हो । यस अघि इंग्ल्यान्डले २०१० मा पहिलो पटक उपाधि जितेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here