वीरगंज, २७ कार्तिक ।
जनतामा भ्रम फैलाउने र बद्नाम गर्ने उद्देश्यले आफुलाई जोडेर फेसबुकमा भिडियो सार्वजनिक गरिएको वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बताएका छन् ।

वीरगंज महानगरपालिकासंग कुनै सरोकार सम्झौता नभएको व्यक्तिले नगरपालिकाबाट भुक्तानि नपाएको भन्दा आश्चर्यमा परेको उनको भनाई छ ।

शनिवार नुरे नबि ठकुराई नामका व्यक्तिले आफ्नै फेसबुक आईडीबाट भिडियो लाईभ गर्दै नगर प्रमुख सिंहले नियतबस आफुले गरेको कामको भुक्तानी रोकेको आरोप लगाएका थिए ।

यस विषयमा सिंहसंग जिज्ञासा राख्दा नुरे नबि ठकुराई भन्ने व्यक्तिसंग वीरगञ्ज महानगरपालिकाले कुनै प्रकारको कामको सम्झौता नगरेको बताए । उनले भुक्तानी पाउनुपर्ने दावि गरेको काम पूर्वनगर प्रमुख विजय सरावगिको पालामा उपभोक्ता समितिले गरेको उनले जानकारी दिए ।

उक्त कामको विषयमा बुझ्न उपभोक्ता समितिलाई वीरगञ्ज महानगरपालिकाले पत्राचार गर्दा समितिका अध्यक्ष रामबाबु राउत कुर्मीले आफ्नो नाम, नागरिकता, र फोटोको दुरुपयोग गरी वीरगञ्ज महानगरपालिका वडा नम्बर २८ मा पर्ने हर्दिया फर्म नजिकको खोलामा नदि नियन्त्रण गर्न भन्दै किर्ते उपभोक्ता समिति गठन गरेर आफुलाई अध्यक्ष बनाएको कुरा नगरपालिकाले पत्र काटेपछि बल्ला थाहा पाएको लिखित जवाफ पेश गरेको सिंहको भनाई छ ।

आफ्नो नाम, नागरिकता र फोटोको दुरुपयोग गरी सरकारी काममा किर्ते गर्नेहरुलाई कारवाहि गरी अवैद्य उपभोक्ता खारेज गर्न समेत रामबाबु राउतले माग गरेको नगर प्रमुख सिंहले जानकारी दिए ।

राउतले आफ्नो हस्ताक्षर समेत किर्ते गरीएको भन्दै वीरगंज महानगरपालिकामा आफ्नो हस्ताक्षरको नमुना समेत पेश गरेकोले उक्त उपभोक्ता समिति उपर छानविन चलिरहेको नगर प्रमुख सिंहको भनाई छ ।

निर्वाचनको मुखमा नगरपालिका र आफुसंग सरोकारै नभएको व्यक्तिले विभिन्न आरोप लगाएर भिडियो सार्वजनिक गर्नुको पछाडि कसैद्वारा परिचालीत रहेको प्रमुख सिंहले बताए

Leave a Reply