वीरगन्ज,मानव बेचविखनको आरोपमा वीरगन्जबाट प्रहरीले २ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारत बेतिया घर भएका २६ वर्षीय असगर सैफी र तनहुँको दमौली नगरपालिका– ५ बस्ने २६ वर्षीया सकिना खातुन भन्ने सीता थापा क्षेत्री पक्राउ परेका हुन् । उनीहरु श्रीमान श्रीमती हुन् ।
दुईजना युवतीलाई भारत लगेर बेच्न खोजेको आरोप उनीहमाथि लागेको छ । बेचबिखनको जोखिममा परेका दमौली घर भएका २० र २२ वर्षीया दुईजना चेलीको वीरगन्जबाट उद्दार पनि गरिएको छ । उनीहरु विरुद्ध मानव बेचविखन विरुद्धको मुद्धा दर्ता गरी कारबाही प्रक्रिया अघि बढाउने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिनुभयो । उहाँका अनुसार गोरखा माईती र घर तनहुँ भएकी २२ वर्षीया महिलाको श्रीमान विदेशमा छन् । उनको दुई वर्षको एकजना छोरा पनि छन । उनीहरुलाई नेपालगन्जमा एक घण्टा पूजाका लागि कन्या चाहिएको र पूजामा बसे बापत ५०÷५० हजार रुपैयाँ दिने भनी प्रलोभनमा पारिएको खनालले जानकारी दिनुभयो ।
‘परिवारलाई जानकारी नै नदिइ नेपालगन्ज हिँडेका उनीहरुलाई पहिला वीरगन्ज गइ पैसा लिएर नेपालगन्ज जाने भनिएको रहेछ,’ प्रहरी नायब उपरीक्षक खनालले भन्नुभयो, ‘तनहुँबाट टिपरमा चढाएर गत १७ गते वीरगन्जमा ल्याइ बसपार्कको एक होटलमा उनीहरु बास बसेका थिए । त्यसपछि उनीहरुलाई पैसाका लागि बेतिया जानुपर्ने भयो भन्दै सीमा क्षेत्रमा पु¥याइएको रहेछ ।’ बिहीबार बिहानै बोर्डर नजिकैबाट उनीहरुलाई उद्दार गर्न सफल भएको प्रहरी नायब उपरीक्षक खनालले बताउनुभयो । श्रीमान श्रीमती मिलेर पूजा गर्ने बहानामा भारतमा लगेर उनीहरुलाई बेच्न खोजेको अनुसन्धानबाट खुलेपछि उनीहरुविरुद्ध मानव बेचविखनको मुद्धा दर्ता गराइएको आफन्त नेपाल वीरगन्जकी संयोजक मनु रानाले बताउनुभयो ।