सिमरा,जिल्ला प्रहरी कार्यालय बाराले जितपुरसिमरा उपमहानगरपालिका– २ जानकी टोलमा जुवा (तास) खेलिरहेको अवस्थामा ९ जनालाई नियन्त्रणमा लिएको छ ।शनीवार दिउँसो करिब ३ बजेको समयमा इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी निरीक्षक सुभाष साहको कमान्डमा खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा केशव सुनुवारको घरमा छापा मारेको थियो ।

छापामारीको क्रममा घरको तेस्रो तलाको कोठामा जुवा खेलिरहेको अवस्थामा नौ जनालाई पक्राउ गरिएको बारा प्रहरीले बताएको छ ।प्रहरीले नियन्त्रणमा लिएकाहरूको साथबाट १ लाख ५४ हजार ६ सय ८० रुपैयाँ नगद र तास बरामद गरिएको बारा प्रहरीद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।

पक्राउ पर्नेहरूमा जीतपुरसिमरा उपमहानगरपालिका– १ र २ का ३ वर्षीय सुसन खाती सुनार, ४० वर्षीय बलराम विश्वकर्मा, ५६ वर्षीय सुमनकुमार भट्टराई, ४१ वर्षीय अभयकुमार श्रीवास्तव, ४१ वर्षीय केशव सुनुवार, ५२ वर्षीय थहलबहादुर विश्वकर्मा, ५४ वर्षीय शिवजीप्रसाद साह, ५१ वर्षीय राजकुमार भट्टराई र ५९ वर्षीय बलरामकुमार क्षेत्री रहेका छन् ।जिल्ला प्रहरी कार्यालय बाराले पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।

Leave a Reply