वीरगन्ज,वीरगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष डा. सुबोधकुमार गुप्ताको नेतृत्वमा रहेको व्यापारिक भ्रमण प्रतिनिधि मण्डलले सिंगापुरका विभिन्न औद्योगिक एवम् व्यावसायिक प्रतिष्ठानका सञ्चालकल तथा उद्यमीहरुसंगको पहिलो चरणको छलफल सम्पन्न भएको छ ।

छलफलका क्रममा अन्तर्राष्ट्रिय पर्यटन प्रबद्र्धन गर्ने, नेपाली जडिबुटीको लागि अन्तर्राष्ट्रिय बजार विस्तार गर्ने, नेपाललाई एजुकेशन हबको रुपमा विकसित गर्ने, नेपालमा उपलब्ध खनिज पदार्थको लागि वैदेशिक बजारको खोजी गर्ने, अपार सम्भावना बोकेको हाइड्रोपावरहरुको निर्माणको लागि वैदेशिक लगानी निम्त्याउने, सिंगापुर र भियतनामले अंगिकार गरेको विकास नीति नेपालको लागि पनि अनुशरण गर्ने लगायतको विषयमा सम्बद्ध पक्षहरुसँग छुट्टाछुट्टै रुपमा छलफल भएको थियो ।

द्विपक्षीय व्यापार विस्तार, व्यावसायिक सूचना आदानप्रदान, औद्योगिक तथा व्यापारिक प्रदर्शनीमा सहभागिता, आपसी सहयोग आदानप्रदानको लागि सिंगापुर र भियतनाम चेम्बरसँग छुट्टाछुट्टै स्मृति पत्र (एमओयु) मा हस्ताक्षर गर्ने कार्यक्रम रहेको प्राप्त समाचारमा उल्लेख छ ।

उक्त भ्रमण प्रतिनिधिमण्डलमा सङ्घका निवर्तमान अध्यक्ष गोपाल केडिया, उपाध्यक्ष माधव राजपाल, महासचिव मनोजकुमार दास, सचिव अरविन्द्र अमात्य, सहकोषाध्यक्ष प्रेमचन्द्र गोयल, सह–सचिव अनोज रुँगटा, कार्यसमितिका सदस्य सुनिलकुमार खेतान, रविन्द्रकुमार बरनवाल, मनोजकुमार शर्मा, नरेशकुमार टिबडेवाल, शिवजीप्रसाद साह, मुरली जालान, प्रमोदकुमार चौरसिया, पन्नालाल प्रसाद साह, प्रकाश खण्डेलवाल, अंकितकुमार खेतान, प्रभात रुँगटा, बुद्धिप्रसाद पन्त, डा. लक्ष्मी थापा लगायतको सहभागिता रहेको छ ।

Leave a Reply