राजन कुमार बानिया
पोखरिया, १० साउन– लगातारको बर्षापछि आएको बाढीले पर्सा जिल्लाको ग्रामिण भेगका किसानको बदाम खेतिमा क्षेति पुर्याएको छ ।

पर्सा जिल्लालाई ‘गाँजा मुक्त क्षेत्र’ घोषणा गरिएपछि किसानले थालेको बदाम खेतिमा बाढीले नोक्सानी गरेको हो । जिल्लाको सिकटा र ओरिया खोलामा आएको बाढीले ग्रामिण क्षेत्रमा लगाएको बदाम खोतिमा क्षेति गरेपछि किसान मार्कामा परेका छन ।

 

यसअघि गाँजा खेति गर्दैआएका यस भेगका किसान ३ वर्षदेखि बदाम खेतितर्फ आकर्षित बनेका हुन । स्थानीय प्रशासनको सक्रियतामा ‘जिल्लालाई गाँजा मुक्त क्षेत्र’ घोषणा गरिएपछि किसानहरु नगदेबालीकोरुपमा रहेको बदाम खेतितर्फ आकर्षित भएका थिए । जिल्ला प्रहरी कार्यालय पर्साका तत्कालिन प्रहरी उपरीक्षक राजेन्द्र श्रेष्ठको पहलमा जिल्लालाई गाँजा खेति मुक्त पारिएको थियो ।

 

प्रहरीले गाँजा खेतिमा कडाइ गरेपछि किसानले पनि प्रहरीको अभियानमा साथ दिएर बदाम खेति थालेका हुन । गाँजा खेति नियन्त्रण गर्ने अभियानअन्तरगत प्रहरीले सम्झाइबुझाइ गर्नेदेखि किसानहरुमाथि कानुनी कारवाहीसमेत तिव्र पारेको थियो । रुखो जमिनबाट पनि राम्रो आम्दानी लिन सकिने र गाँजा जस्तो प्रहरी प्रशासनको झमेला पनि बेहोर्नु नपर्ने भएपछि बदाम खेतितर्फ आकर्षित बनेको लंगडीका किसान सुरेश महतोले बताउनुभयो । बिक्रीको लागि बजार पनि राम्रो भएकोले किसान थप लाभान्वित हुदै आएको महतोले बताउनुहुन्छ । प्रति कठ्ठा ४० देखि ५०

 

केजी उत्पादन हुने बदाम स्थानीय बजारमा प्रति केजी १ यसदेखि १ सय ३० रुपैयासम्ममा बिक्री हुने गरेको महतोले जानकारी दिनुभयो । नदी उकास र बलौटे जमिनमा जिल्लाका किसानले बदाम उत्पादन गर्दैआएका छन ।
गाँजा खेतिबाट विस्थापित किसानहरु पछिल्ला वर्षहरुमा बदाम खेतितर्फ अग्रसर देखिएका हुन । ‘अघिल्ला सालहरुमा अझ बढी क्षेत्रमा खेति गरिएको थियो, मुडलीका अर्का किसान सुरेश साह कानुले भन्नुभयो, तर बाढीले त्यो वर्ष पनि सखाप पारेपछि यो वर्ष धेरैले गरेनन ।’ त्यतिबेला बाढी पिडित किसानलाई सरकारले क्षेतिपुर्ति र कुनै राहत उपलब्ध नगराएपछि किसानले यो वर्ष बदाम खेति घटाएको उहाँले बताउनुभयो ।

 

यो वर्ष पनि क्षेतिपुर्ति पाउन सकेनन भने अधिकांश किसान बदाम खेतिबाट पलायन भएर फेरि गाँजा खेतितर्फ नै फर्किनु पर्ने अवस्था पनि आउनसक्ने कानुको भनाइ छ । गाँजा जस्तो अवैध खेतितर्फ जान नदिन पनि पिडित किसानलाई सरकारी संरक्षणको आवश्यकता रहेको उहाँले बताउनुभयो । ‘खेति परिवर्तन र पेसाबाट पलायन हुन नदिन सरकारले पिडित किसानलाई राहत उपलब्ध गराउनुपर्छ ।’ उहाले भन्नुभयो ।

 

जिल्लाको लंगडी, मुडली, टिनडोबीया, रबिदास, भिस्वा, सबैठवा, पोखरिया, मिर्जापुर, भलुवहिया, आसवारी, लक्षमीपुर, जगरनाथपुर, महादेवपट्टी, पिपरडारी, पाण्डेपुर, शंकरसरैया, देउरियालगायतका गाउँमा बदाम खेति हुदैआएको छ । अधिकांश गरीव किसानको बसोबास रहेको जिल्लाको ग्रामिण भेगका किसानले साहुसंग ऋण काढेर बदाम खेति गरेका हुन ।

 

यो वर्ष जिल्लामा करिब २० हेक्टर भन्दा बढी क्षेत्रमा बदाम खेती गरिएको कृषि ज्ञानकेन्द्र पर्साका जेटिए सुरेश चौरसियाले बताउनुभयो । उहाले कार्यालयकोतर्फबाट बाढीले बदाम खेतिमा पुर्याएको क्षेतिको विवरण प्रदेश सरकारलाई पठाएर राहतको लागि माग गर्ने पनि बताउनुभयो ।

Leave a Reply