सिमरा,बाराको जीतपुरबाट प्रहरीले अटो चोरी गरी भाग्न लागेका एक व्यक्तिलाई लागु औषधसहित पक्राउ गरेको छ ।जीतपुर बजारमा पार्किङ्ग गरी राखेको ना.१.ह.९३३० नम्बरको अटो चोरी गरी भाग्ने क्रममा ईलाका प्रहरी कार्यालय जीतपुरको प्रहरी टोलीले जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ केराढोकाबाट मंगलबार पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर ५ घर भएका वर्ष २२ का रामबिनय प्रसाद यादबलाई पक्राउ गरेको हो ।भाग्ने क्रममा नियन्त्रणमा लिएर चेकजाँच गर्दा यादवको साथमा रहेको कालो प्लास्टिकको झोलामा लागुऔष नाइट्राभेट ट्याब्लेट ८ पत्ता, २३७ गोटीसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।यसैगरी बाराको सिमरा चोकबाट ६० लिटर घरेलु मदिरा र स्कुटीसहित प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ को सिमरा चोकमा पथलैयातर्फबाट जीतपुरतर्फ जाँदै गरेको ना.३३ प ७२७० नम्बरको स्कुटीमा रक्सी जादै छ भनी प्राप्त भएको विषेश सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी सहायक हबल्दार प्रदीप साहको कमाण्डमा खटिएको गस्ती टोलीले मंगलवार वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्ली बगैचा बस्ने वर्ष ५५ का अनिल लामिछानेलाई नियन्त्रणमा लिएरको हो । प्रहरीले बरामद मदिरा र स्कुटीको आन्तरिक राजस्व कार्यालय सिमरामा बुझाएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता एंव प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो ।

















