निजगढ,बारा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभाका उम्मेदवार गणेश धिमाललाई उम्मेदवारी फिर्ता लिन नेपाली काँग्रेसका सहमहामन्त्री एंव खानेपानी मन्त्री उमाकान्त चौधरीले धम्काउनु भएको छ ।

यसअघि नेपाली कांग्रेसको मधेश प्रदेश सदस्य रहनुभएका धिमाल राष्ट्रिय स्वतन्त्र पार्टीबाट बारा क्षेत्र नम्बर १ मा प्रतिनिधि सभाको उम्मेदवार बनेपछि मन्त्री चौधरीले फिर्ता लिन धम्की दिनुभएको हो । मन्त्री चौधरी पनि सत्ता गठबन्धनको तर्फबाट सोही क्षेत्रबाट उम्मेदवार बन्नुभएको छ ।

‘उम्मेदवारी फिर्ता लिएर आफूलाई समर्थन गर्न अन्यथा आफूले हारे जे पनि हुनसक्ने’ भन्दै मन्त्री चौधरीले शनिवार राति घरमै आएको धम्क्याएको धिमालले बताउनुभयो । आफूले केही पनि नगर्ने तर आफू पराजित भएको खण्डमा मेरा केटाहरुले जे पनि गर्नसक्छन त्यसैले उम्मेदवारी फिर्ता लिनोस भनेर धम्काएको धिमालको भनाइ छ । राति करिब ११ बजे करिब ५० जना युवाहरुको समुह लिएर धिमालको घरमा पुगेका चौधरीले धिमाललाई उम्मेदवारी फिर्ता लिन र आफुलाई सहयोग गर्ने दवाव दिएका थिए । बाहालवाला मन्त्रीले नै उम्मेदवारहरुलाई धम्की दिएको भन्दै स्थानीयले आक्रोस व्यक्त गरेका छन ।

Leave a Reply