निजगढ,लायन्स क्लब अफ निजगढ र लायन्स क्लब निजगढ पिसको आयोजनामा शनिबारबाट निःशुल्क आँखा शीवीर आयोजना हुन लागेको छ । निशुल्क आखा शीवीरमा २ दिनसम्म आँखा रोगीहरुको परीक्षण गरिने र मोतिया बिन्दु फेला परेका बिरामीहरुका आगामी सोमबारबाट निशुल्क शल्यक्रिया गरिने लायन्स क्लब आफ निजगढ पिसका अध्यक्ष रञ्जन लामिछानेले बताउनुभयो ।
नेपाल आँखा अस्पताल त्रिपुरेश्वर काठमाण्डौं र निजगढ नगरपालिकाको सौजन्यमा निजगढ नगरपािलका वडा नम्बर ९ शहिद चोकस्थित लक्ष्मी नारायण धर्मशालामा शनिबार बहान ९ बजेबाट संचालन हुने शिवीरमा लायन्स क्लब अफ काठमाण्डौं सम्वृद्धि, लायन्स क्लब अफ भक्तपुर स्वीट होम र मेचीमहाकाली बुहारी संयुक्त आवाज निजगढको सहयोग रहने अध्यक्ष लामिछानेले जानकारी दिनुभयो । शल्यक्रिया गर्ने बिरामीहरुको लागि खाने र बस्ने सुविधासमेत निशुल्क रहेको अध्यक्ष लामिछानेले बताउनुभयो ।