कलैया,नेपाल सरकारका खानेपानीमन्त्री एवम नेपाली काँग्रेसका सहमहामन्त्री उमाकान्त चौधरीले तराई मधेसको विकास नेपाली काँग्रेस पार्टीले मात्र गर्ने बताउनुभएको छ ।

बारा निर्वाचन क्षेत्र नम्बर १ को चुनाव प्रचार प्रसार समितिको कार्यालय कोल्हबीमा उद्धाटन गर्दै मन्त्री चौधरीले तराई मधेसमा जन्मेका पार्टी साख गरि उपेन्द्र यादवले जहिले पनि सत्ता र शक्तिको राजनीतिकलाई मुलमन्त्र बनाइ मधेसी जनताहरुलाई धोका दिने काम गर्दै आएको उहाँको आरोप छ । यतिका दिनदेखि राजनितिक पार्टीमा लागेर चुनाव लडदै आएको भए पनि सबै चुनावमा पार्टी फेर्ने र चुनाव चिन्ह अर्कोबाट चुनाव लडदै आएको मन्त्री चौधरीले पष्ट पार्नुभयो । तराई मधेसमा मात्र करिब सवा सात लाख नागरिकहरु नागरिकताको प्रमाणपत्रबाट बंचित भएको अवस्थामा नेपाली काँग्रेसको वर्तमान सरकारले सदनबाट नागरिकता विधेयक पास गरेर राष्ट्रपति विद्यादेवी भण्डारीकोमा पेस गरेको भए पनि राष्ट्र«पति भंण्डारीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको इसारामा सो विधेयक फिर्ता पठाउदा समेत पनि आफुलाई मधेसको मसिहा भन्ने जसपा अध्यक्ष यादवले कसरी रातारात ओलीसंग तालमेल गरे मन्त्री चौधरीको प्रश्न थियो ।

फरक प्रसङ्गमा मन्त्री चौधरीले नेकपा एमाले मधेसी विरोधी पार्टी भएको आरोप लगाउनुभयो । संघीय लोाकतान्त्रिक गणतन्त्रलाई सखाप पारी मुलुकमा एकतान्त्रिक शासन व्यवस्था लाद्न खोजेकोले ओलीलाई मधेसबाट नै सबक सिकाउनुपर्ने मन्त्री चौधरीको भनाइ थियो ।

एमाले अध्यक्ष ओलीले सुखी नेपाली, समृद्ध नेपालको झुठो नारा नेपाली जनतामा बाढेर देशलाई तहस नहस पारेको दोषारोहन गर्दै मानव अधिकारको हनन, अभिव्यतिm स्वतन्त्रता कुण्ठित गरेको र प्रेस स्वतन्त्रतामा समेत अंकुस लगाउने ओली सरकारलाई नेपाली जनताले चिनिसकेको बताउदै भ्रमको खेतीमा अब उपरान्त कोही नपर्ने मन्त्री चौधरीको तर्क रहेको थियो । नेपाली काँग्रेस पार्टी लोकतन्त्रको रक्षा, प्रेस स्वतन्त्रताको बकालत, संविधान कार्यन्वयन गर्न एवम संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने पार्टी भएको हुँदा आम नेपालीहरुको चहना अव नेपाली काँग्रेस नै भएकोले रुख चिन्हमा मतदान गर्न उहाँले सबैलाई आग्रह समेत गर्नुभएको थियो ।

मन्त्री चौधरीले क्षेत्र नम्बर १ मा शिक्षा, स्वास्थ्य, खानेपानी, सिँचाई विद्युत, कृषि र बाटोघाटो निर्माणमा आमुल परिवर्तन ल्याएको बताउदै आफूले जनताको हरेक दुखसुखमा साथ दिदै आएको बताउदै यो क्षेत्रको अझै बृहतर विकासको लागि कुनै पनि कसर बाकी नराख्ने प्रतिवद्धता जाहेर गर्नुभयो । उहाँले आफू विजयी बनेपछि सबैको मानसम्मान हुने गरि काम गर्ने पनि बताउनुभयो ।

नेपाली काँग्रेस निर्वाचन क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति बिजयशंकर यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेस मधेस प्रदेशका सदस्य उपेन्द्र जयसवाल, निर्वाचन क्षेत्र नम्बर १ प्रदेश सभा क का उम्मेदवार रमेशप्रसाद दंगाल, ख का नागेन्द्रप्रसाद साह, निजगढ नगरपालिकाका निवर्तमान मेयर सुरेश खनाल, प्रदेश सभाका समानुपातिक उम्मेदवारहरु रबिन्द्र पनुहर, माला लामा, मन्जु चौधरी, शोभी मण्डललगायतकाले नेपाली काँग्रेसलाई जिताउनुको विकल्प नरहेकोमा जोड दिदै सहमति, सहकार्य र एकतावद्ध भएर अगाडि बढनुपर्ने धारणा व्यतm गरेका थिए ।

Leave a Reply