रौतहट
नेकपा एमाले समाजवादीका केन्द्रिय अध्यक्ष तथा पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले आसन्न निर्वाचनबाट देशमा गठबन्धनको सरकार निमार्ण हुने ठोकुवा गर्नुभएको छ ।

रौतहटको माधवनारायण नगरपालिकाको विभिन्न सडक सञ्जालको शिलान्यास गर्दै अध्यक्ष नेपालले उक्त ठोकुवा गर्नुभएको हो ।

अध्यक्ष नेपालले गठबन्धनका शीर्ष नेताको उम्मेदवारको टुंगो हालसम्म नलागेकोले आफु कुन क्षेत्रबाट चुनावमा सहभागी हुने विषयमा घोषणा नगरेको भएपनि रौतहट क्षेत्र नम्बर एक बाट लड्ने आफ्नो चाहना भएको बताउनुभयो । म कतैबाट चुनाव लडेपनि तपाईहरुको साथमा छ्ु, भन्नुहुंदै नेता नेपालले तपाईहरुपनि मेरो साथमा हुनुहुन्छ भन्ने विश्वास रहेको छ ।
पुर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले गठबन्धन सरकारले केही नगरेको आरोपलाई झुठा साबित गर्दे देश तथा संविधानलाई बचाएको वर्तमान गठबन्ध सरकारले निकै महत्वपूर्ण कार्यहरु गरेको जिकिर गर्नुभयो ।

                               अध्यक्ष नेपाललाई ५१ किलोको माला
सडक शिलान्यास गर्न गृह जिल्ला आएका समाजवादी पार्टीका केन्द्रिय अध्यक्ष तथा पुर्व प्रधानमन्त्री माधवकुमार नेपाललाई गाउंबासीले ५१ किलोको माला लगाएर स्वागत गरेका छन् ।
रौतहटको माधवनारायण नगरपालिकामा विभिन्न सडकहरुको शिलान्यास गर्न आएका अध्यष नेपाललाई स्थानीय बासिन्दाहरुले ५१ किलोको माला लगाउंदै भव्य स्वागत गरेका हुन् ।
कार्यक्रममा अध्यक्ष नेपालसंगै नेपाली कांग्रेसका मधेश प्रदेश सभापति कृष्णा यादव, गढीमाई नगरपालिका नगरप्रमुख श्याम यादव, माधवनारायण नगरपालिकाका मेयर बैजु यादव, वडा अध्यक्ष रामसिहासन यादव लगायतले अध्यक्ष नेपाललाई ५१ किलोको माला लगाई स्वागत गरेका थिए ।

देशमा पांच दलको गठबन्धनको आवश्कयता रहेको चर्चा गर्नुहुंदै अध्यक्ष नेपालले आसन्न निर्वाचनबाट देशमा गठबन्धनकै सरकार निमार्ण हुने ठोकुवा गर्नुभयो । पांच दल मिलेर देशको नीति निमार्ण तथा विकासको कार्यलाई आउंदो दिनमा सशक्त रुपले अगाडी बढाउने समेत उंहाको भनाई थियो ।

मेचि देखि महाकालीसम्म रेलको लाइन बिस्तार गरी चाडै निमार्ण प्रक्रिया अधि बढाउने, निजगढमा अन्तराष्टिय विमानस्थल बनाउने तथा निजगढ काठमाण्डौ फास्ट टयाक निमार्णले तराई मधेशका साथै गृह जिल्ला रौतहटलाई समेत फाइदा पुग्ने विश्वास व्यक्त गर्नुभयो । अन्तराष्टिय विमान स्थल निजगढमै निमार्ण हुने करिब निश्चित भईसकेको जानकारी दिनुहुंदै अध्यक्ष नेपालले आन्तरिक तथा प्राविधिक प्रक्रिया पुरा गरी विमानस्थलको काम कारबाही चाडै सुरु हुने बताउनुभयो ।

गठबन्धनको तर्फबाट कांग्रेसका उम्मेदवार तथा मधेश प्रदेश कांग्रेसका सभापति कृष्णा यादवले प्रदेश सभा सदस्य (ख)बाट उम्मेदवार बन्न चाहना राखेको कारण उनको जवानी र पानीलाई खेर जान नदिन गठबन्धनको सरकार र शीर्ष नेता तथा कार्यकर्ताहरुलाई आग्रह समेत गर्नुभयो ।

Leave a Reply