वीरगञ्ज,वीरगञ्ज महानगरपालिको रानीघाट पुलबाट नदीमा हाम फालेकी किशोरीको शव भेटिएको छ ।रानीघाट स्थित सिर्सिया पुलबाट हाम फालेकी १७ बर्षीय किशोरीको शव मंगलवार बिहान भेटिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक दिपक भारतीले जानकारी दिनुभएको छ । शव भेटिएपछि मृतकका आमा र भाइले पहिचान गरेका छन् । शवलाई पोस्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको उहाँले जानकारी दिनुभयो ।

बाराको प्रसौनी गाउँपालिका वडा नम्बर २ खुटुवा प्रसौनी बस्ने विनोद दास र मन्तुरा दासकी १७ बर्षीया छोरी राधिकाकुमारी दास आइतवार नदिमा हाम फालेकी थिइन् । तीन दिनपछि मंगलबार बिहान रानीघाट पुलबाट १५० मिटर को दुरीमा ती किशोरीको शव फेला परेको भारतीले जानकारी दिनुभयो ।किशोरीले नदीमा हाम फाल्नुको कारण अझै पत्ता नलागेको प्रहरी नायव उपरीक्षक भारतीले जानकारी दिनुभयो । उहाँका अनुसार थप अनुसन्धान भइरहेको छ । परिवारका सदस्यहरूसँग यस विषयमा बुझ्ने प्रयास भइरहेको छ । अनुसन्धानको क्रममा प्रहरीले किशोरीको परिवार, साथीभाइ र परिचितहरूसँग कुरा गरेर घटना सम्बन्धी थप जानकारी सङ्कलन गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here