वीरगन्ज,पर्सा प्रहरीले आन्तरिक राजश्व विभागको कीर्ते स्टीकरसहित दुई जनालाई पक्राउ गरेको छ ।आन्तिक राजश्व विभागको किर्ते सिक्टरसहित पर्सा प्रहरीले बारा जिल्लास्थित विश्रामपुर गाउँपालिका वडा नम्बर ५ हाल वीरगन्ज महानगरपालिका वडा नम्बर १५ त्रिशुल चोक निवासी २७ वर्षीय मनिषकुमार साह तेली र सोही स्थान बस्ने २५ वर्षीय रञ्जनकुमार रामलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटेको प्रहरी टोलीले सिमावर्ती भारतीय शहर रक्सौलबाट वीरगन्जतर्फ आइरहेको तेली र राम सवार मोटरसाइकललाई रोकेर चेकजाँच गर्दा उनीहरुको साथबाट नक्कली स्टिकर बरामद भएको थियो ।वीरगन्ज महानगरपालिका वडा नम्बर १६ स्थित सडक खण्डमा गोप्य रूपमा निगरानी गर्दै गरेको अवस्थामा प्र.२–०३–००८ प २६६९ नम्बरको मोटरसाइकलमा वीरगन्जतर्फ आउँदै गरेको अवस्थामा निजहरूलाई रोकी जाँच गर्दा उनीहरूको साथमा नक्कली स्टीकर फेला परेको पर्सा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) दीपक गिरीले जानकारी दिनुभयो ।मनिषकुमार साहले लगाएको ज्याकेटको दाहिनेतर्फको भित्री खल्तीमा आन्तरिक राजश्व विभाग लिक्वर २५ अप ३७५ एमएल लेखिएको स्टीकर पाना–१ ३९ स्टीकर भएको फोटो पाना–१ फेला परेको डिएसपी गिरीले बताउनुभयो ।आन्तरिक राजश्व विभागको स्टिकर ३९ वटासहित अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।


















