राजन कुमार बानिया

पोखरिया,जनता समाजवादी पार्टी नेपालका मधेस प्रदेश परिषद सदस्य शिवकुमार साहले सखुवाप्रसौनी गाउँपालिका वडा– ६ एकडरवास्थित श्रीरामजानकी मन्दिरको सौन्दर्यकारणको लागि मुख्य प्रवेश द्वार र पर्खाल(बाउण्ड्री) निर्माण आइतवार एक समारोहका बीच शिलान्यास गर्नुभएको छ ।मधेश प्रदेस सरकारको योजना अन्तरगत रहेको श्रीरामजानकी मन्दिरको मुख्य प्रवेश द्वार र (बाउण्ड्री) पर्खाल निर्माणका लागि बिनियोजन भएको २५ लाखको लागतमा ३ महिनाभित्र काम सम्पन्न हुने उपभोक्ता समितिले जनाएको छ ।मधेश प्रदेस सरकारले नागरिकको माग अनुसार सामुदायिक स्तरमा मठ, मन्दिर, मस्जिद, विद्यालय, सडक र नाला, सामुदायिक भवनको निर्माण कार्यलाई तीव्रता दिदै आएको छ ।

शिलान्यास कार्यक्रममा वडा अध्यक्ष मुना राउत कमकर, जसपा नेपाल क्षेत्र नम्बर ३ का अध्यक्ष नागेन्द्र यादव, क्षेत्र नम्बर ३ (क) उपाध्यक्ष सिकेन्द्र सहनी, नेता प्रमोद उपाध्याय, रामबाबु साह तेली, चुकट कुर्मीलगायत स्थानीय जनप्रतिनिधि, नागरिक सामाजका अगुवा, प्रहरी प्रशासन, पत्रकार एवं स्थानीयको उल्लेखनीय सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here