इन्दिप कोइराला
बारा २० भदौ । विश्वव्यापी महामारी कोरोनाले थलिएको संसारका थुप्रै मुलुकसंगै नेपालका अधिकांश क्षेत्र प्रभावित हुन पुग्यो । प्रभावित भएको क्षेत्र मध्य एक क्षेत्र पर्यटन क्षेत्र । अहिले कोरोना कोही मत्थर भएको बेलामा आन्तरिक तथा बाह्य पर्यटकहरुको चहलपहल देख्न सकिन्छ तर पर्यटकको प्रचुर सम्भबना बेकेको प्रदेश नंम्बर दुईको एक मात्र निकुञ्ज पर्सा राष्ट्रिय निकुञ्ज भने सुन्सान देखिन्छ ।

पर्सा वन्यजन्तु आरक्षबाट निकुञ्जमा परिणत भएसंगै यहां पर्यटकको राजाईकोे स्थल बन्ने धेरैले आशा राखोका भएतापनि पर्यटकलाई घुमाउन र पर्यटक क्षेत्रको रुपमा बिकास नहुदां अन्य निकुञ्जको जस्तै फाईदा पर्सा राष्टिय निकुञ्जले लिन सकेको छैन फलसोरुप यहां पर्यटकनै आउदैनन्

पर्सा वन्यजन्तु आरक्षबाट निकुञ्जमा परिणत भएसंगै यहा अन्य भौतिक संरचना निर्माणले गति लिइरहेको भएपनि पर्यटकीय सम्भावना प्रचुर रहेपनि वर्षौंसम्म आरक्ष रहंदा पर्यटकीय सम्भावना उजागर गर्न भने सकिएको छैन ।
यसै निकुञ्जको क्षेत्रमा जोडिएको चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकहरूको आवागमन अत्यधिक छ । पर्सा निकुञ्जको विगतको रेर्कड हेर्दा वार्षिक बढीमा ५०० देखि ७०० सम्म पर्यटक आउने गरेको देखिएको छ ।

महामारीले सामान्य रूप लिएसंगै अन्य क्षेत्रका साथै पर्यटक नेपाल भित्रन थालेका छन् । यससंगै पर्सा राष्ट्रिय निकुञ्ज आन्तरिक तथा बाह्य पर्यटकहरूलाई घुमाउन आतुर रहेको बताएको छ । पर्सा वन्यजन्तु आरक्षबाट निकुञ्जमा परिणत भएसंगै यहा अन्य भौतिक संरचना निर्माणले गति लिइरहेको छ ।

यस निकुञ्जलाई अब हामी सबै मिलेर यसको विकाससंगै पर्यटकका निम्ति उपयुक्त गन्तव्य बनाउनुपर्ने पर्सा राष्ट्रिय निकुञ्ज, आधाभार बाराका प्रमुख संरक्षण अधिकृत मनोजकुमार साहले बताए । उनले अब निकुञ्ज, पर्यटन होटल व्यवसायी, स्थानीय तह, प्रदेश सरकार र संघीय सरकार सबै मिलेर यसको प्रचारप्रसारमा लाग्नुपर्ने प्रमुख संरक्षण अधिकृत साहको भनाइ छ ।
यस निकुञ्जमा पर्यटकहरूका लागि ऐतिहासिक हलखोरिया दह, कामिनी दह, घांसे मैदानलगायत दुई दर्जनभन्दा बढी रमणीय स्थान छन्। यहा संरक्षित गौरीगाई, बाघ, गैंडा, सालकलगायत वन्यजन्तु छन् ।

त्यसैगरी संरक्षित पक्षीहरूमा राज धनेश, कालो स्टर्क, सेतो स्टर्क, खर मुजुर, सानो खर मुजुर, सारस तथा अजि·र, सुन गोहोरो छन् । यो निकुञ्ज रैथाने ज·ली हात्तीको प्रमुख वासस्थान मानिने निकुञ्ज जनाएको छ ।
उत्तरमा विश्वको कान्छो पहाड चुरे शृङ्खला, पूर्वमा निजगढ नगरपालिका, पश्चिममा चितवन राष्ट्रिय निकुञ्ज, दक्षिणमा पूर्व(पश्चिम राजमार्ग गरी यसको क्षेत्रफल हाल ६२७.३९ वर्ग किमि फैलिएको छ

यस निकुञ्जको चुरे पहाडमा प्रसिद्ध महादेव मन्दिर पनि रहेको छ। जहां शिवरात्रि र साउन महीनाभर स्थानीय स्वदेशी तथा भारतीय दर्शनार्थीहरूको समेत भीड लाग्ने गरेको छ ।

निकुञ्ज भित्रका वन्यजन्तु देखाउन भित्री मार्ग तयार गर्नुपर्ने, पर्यटक घुमाउन सकिने र उनीहरूका लागि सुरक्षित खान बस्नको व्यवस्थामा विगत भन्दा धेरै अघि बढिसकेको छ । बढीभन्दा बढी पर्यटकको आवागमनको पखाईमा होटल व्यवसायीहरू रहेको छन ।

आन्तरिक पर्यटकका रूपमा मकवानपुर, बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषालगायत जिल्ला हुन् भने बाह्य पर्यटकका लागि छिमेकी देशमध्ये भारतका पर्यटक समेतको रोजाईको गन्तब्य बन्न सकिने सम्भावना रहेर आरक्षबाट निकुञ्जमा स्तरोन्नति भए पनि त्यस रूपमा प्रचार प्रसार नहुंदा निकुञ्ज ओझेलमा पर्दै आएको होटल तथा पर्यटन महासंघ प्रदेश नंम्बर दुईका संरक्षक सल्लाहकार युवराज लामाले बताए ।

गुरुयोजनासहित निकुञ्जको विकासमा निकुञ्ज, स्थानीय तह, प्रदेश सरकार, संघीय सरकार र सरोकारवाला पक्ष एकजुट भई अघि बढ्न ढिलाइ गर्न नहुने पर्यटन विकासमा चासो राख्नेहरू बताउंछन् । विगतभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन निकुञ्ज लागिपरेको छ ।

 

Leave a Reply