Palestinians inspect the destruction around Ahmed Yassin mosque, which was levelled by Israeli airstrikes, in Gaza City early on October 9, 2023. Israel relentlessly pounded the Gaza Strip early October 9, as fighting raged with Hamas around the Gaza Strip and the death toll from the war against the Palestinian militants surged above 1,1000. (Photo by Mohammed ABED / AFP)

काठमाण्डौं,इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतान्याहूको घरमा आक्रमण भएको छ । नेतान्याहूको घरलाई लक्षित गर्दै प्रहार भएको आगोको गोला आँगनमा खसेको इजरायली अधिकारीहरुलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।
आक्रमण हुँदा नेतान्याहूसहित उहाँको परिवारका कोही पनि सदस्य घरमा नभएकाले घटनाबाट क्षती पनि नभएको कतारी सञ्चारमाध्ययम अलजजिराले जनाएको छ । आक्रमण कसले गरेको हो भन्ने खुलेको छैन ।

यसअघि अक्टोबर १९ तारिखमा हिजबुल्लाहले नेतान्याहूको घरमा ड्रोन आक्रमण गरेको थियो । त्यसबोला नेतान्याहू र उहाँकी पत्नी घरमै भए पनि कुनै क्षती भएको थिएन । इजरायली रक्षा मन्त्री काट्जले सामाजिक सञ्जालमा लेख्दै आक्रमणबारे अनुसन्धान गर्न निर्देशन दिएको बताउनुभएको छ ।इजरायलको सुरक्षा प्रणालीले लामो दूरीका मिसाइल निष्क्रिय बनाउन सके पनि छोटो दुरीका आक्रमणलाई रोक्न सकिरहेको छैन । नेतान्याहूको घरमा भएका दुवै आक्रमण छोटो दुरीबाट कम उचाइ हुँदै गरिएका रोयटर्सले जनाएको छ ।

Leave a Reply