कृपा संवाददाता
डेक्स , साउन ७– बाराको महागढीमाई नगरपालिकाको नगर प्रमुख उपेन्द्र प्रसाद यादवले उच्च अदालत वीरगंजको निषेधाज्ञा आदेशको अपहेलना गर्दै हिजो राधाकृष्ण मन्दिरको शिल्यान्यास गर्नुभएको छ ।
नगर प्रमुख यादवले अदालतको आदेश उल्लङ्गन गर्दै स्थानीय नेपाली कांगे्रसका कार्यकर्तासहित भेला भएर मन्दिरको शिल्यान्यास गर्नुभएको हो । महागढीमाइ नपा २ स्थित मुल सडकसंगै जोडिएको सार्वजनिक जग्गामा राधाकृष्ण मन्दिर बनाउन लागिएपछि परेको उजुरीमा उच्च अदालत वीरगंजले बिपक्षीको नाममा साउन १५ गतेसम्म भौतिक निर्माणको कुनै काम नगर्न÷नगराउन निषेधाज्ञाको आदेश जारी गरेको थियो ।
उच्च अदालत वीरगंजले जारी गरेको निषेधाज्ञाको छाँयाकपी बुझेर पनि नगर प्रमुख यादवले अदालतको हपहेलना गर्दै मनोमानी ढंगले मन्दीर शिल्यान्यास गरेको नेकपाबाट संविधान सभा सदस्य शिवचन्द्र कुशवाहाले बताउनुभएको छ । उच्च अदालत वीरगंजले निशेधज्ञा जारी गरेपछि निमावली २०७३ को ४२ बमोजिम बिपक्षीले तोकेको समयसम्म कुनै किसिमको कार्य गर्न नपाइने व्यवस्था भएपनि नगर प्रमुख यादवले जबरजस्ति मन्दिर शिल्यान्यास गरेको स्थानीय युवा नेता सुनिल कुशवाहाले बताउनुभयो ।
महागढीमाई नगर प्रमुख उपेन्द्र यादवले अदालतबाट अधिकारिक पत्र नपाएको भन्दै मन्दिर शिल्यान्यास गरेको बताउनुभयो । संविधान सभा सदस्य कुशवाहाले सार्वजनिक जग्गामा बाटो नै अतिक्रमण गरेर मन्दिर बनाउने कार्य गलत भएको पनि बताउनुभयो । कानुन उल्लङ्गन गर्ने र हातमा लिएर काम गर्न खोज्ने प्रवृत्तिका कारण नगर प्रमुख यादव यसअघि पनि पटकपटक विवादमा पर्दै आउनुभएको छ ।