नरेश गुप्ता
बरियारपुर – १९ औ सशस्त्र प्रहरी दिवसको उपलक्ष्यमा एतिहासिक गढीमाई मन्दिरमा बृहत् सरसफाइ एवं कम्बल बितरण गरिएको छ । बाराको प्रमुख जिल्ला अधिकारी फणीन्द्र मणि पोख्रेलको प्रमुख अतिथिय तथा सशस्त्र प्रहरी उपरीक्षक दिग बिजय सुबेदिको अगुवाईमा बिहिवार गढीमाई मन्दिरमा बृहत् सरसफाइ गरिएको छ ।
सरसफाइ गढीमाई मन्दिर लगायत आसपासको क्षेत्रमा सशस्त्र प्रहरी , नेपाल प्रहरी , नगर प्रहरीको सकृयतामा सरसफाइ गरिएको हो । सो अवसरमा सशस्त्र बेस क्याम्प बरियारपुरको सशस्त्र प्रहरी निरीक्षक सुदर्शन अर्याल , बेस क्याम्प तेलकुवाको सशस्त्र प्रहरी नायब निरीक्षक गोपाल खत्री , महागढीमाई नगरपालिकाको नियमित प्रमुख प्रशासकिय अधिकृत बिजय प्रसाद कुशवाहा , समाजसेवी भुलेन्द्र यादव , ट्रष्ट्को कोषाध्यक्ष महेश जैसवाल लगायतको सहभागिता रहेको थियो ।
त्यसैगरी १९ औ सशस्त्र प्रहरी दिवसमा महागढीमाई नपा ७ तेलगाईको स्थानिय मुसहर बस्तिमा कम्बल बितरण गरिएको छ । बिष्णु सरस्वती फाउन्डेसन काठमाडौको संहयोगमा तेलगाईको मुसहर बस्तिमा बिपन , अशक्त , अपाङ्गहरुलाई जाडोको लागि न्यानो कम्बल बितरण गरिएको सशस्त्र प्रहरी उपरीक्षक दिग बिजय सुबेदिले बताउनु भयो ।
स्थानिय दलितबस्तिको १११ जना चिसोबाट प्रभावितलाई कम्बल बितरण गरिएको थियो । त्यसैगरी महागढीमाई नपा २ ईनर्वाको स्थानिय दलित बस्तिमा न्यानो कपडा बितरण गरिएको छ । सामुदायिक प्रहरी सेवा केन्द्र बाराको पहलमा नि: शुल्क कपडा बितरण केन्द्र बिरगंजबाट प्राप्त कम्बल स्थानिय ६० जना दलित घरपरिवारलाई बितरण गरिएको छ ।
बितरण कार्यक्रमलाई सम्बोधन गर्दै बाराको प्रहरी प्रमुख बिकास राज खनालले शीतलहरबाट बच्नको लागि न्यानो कपडा लगाउन सबैलाई आग्रह गर्नु भयो । शीतलहर बढ्दै गएकोले होशियारी अपनाउनु पर्ने न्यानो ताजा खानेकुरा खानु पर्ने वहाले बताउनु भयो ।
सामुदायिक प्रहरी सेवा केन्द्रले जनचेतनामूलक विभिन्न कार्यक्रम ट्राफिक सचेतना , महिला हिंसा न्यूनीकरण समबन्धी कार्यक्रम गर्दै आएकोले गाउघरमा हुने गरेको अनैतिक क्रियाकलाप , हिंसा , बाल बिवाह नियन्त्रणमा सामुदायिक प्रहरीले मुस्कान सहितको सेवा दिदै आएको प्रहरी प्रमुख खनालले बताउनु भयो । सो अवसरमा नेकपाको जितेन्द्र गिरि , प्रहरी नायब निरीक्षक गौतम मिश्र लगायत संचारक्रमिको सहभागिता रहेको थियो ।