अहिले बर्षाको समय छ । बर्षायाममा पानी पर्नु स्वभावि पनि हो । असार, साउन र भदौमा नपरेको पानी कहिले हो र पर्ने भन्ने प्रश्नहरु बेला बेलामा उब्जिने गर्दछन् । त्यसो त यो मनसुनको समय भएकाले पनि पानी पर्नु स्वभाविक पनि हो तर यो मौसममा अत्याधिक पानी पर्ने भएपनि मध्य तराई मधेशको जिल्लामा सावधानी र सर्तकता तथा पूर्वतयारीमा कम काम गरेको पाइन्छ ।

पूर्वतयारी नगरेका कारण नै यस क्षेत्रमा बर्षायामको समयमा बढी मानवीय भन्दा पनि भौतिक क्षति हुने गरेको छ र नागरिकहरुले अनाहकमा दुःख व्यहोर्न परेको छ । नागरिकहरले डुबान लगायतका समस्याहरु झेल्न परेको छ । अहिले तीन तहका सरकार छन् तर यिनै तिनै तहका सरकारहरुले पनि यस बिषयमा नीति बनाउन चुकेकै हुन् ।

अब त स्थानीय सरकारहरुको अहिलेका जननिर्वाचित प्रतिनिधिहरुको पनि समय सकिदै छ । अब यही सालमा संभवतः उनीहरुको पद सकिने भएकाले नयाँ जितेर आउने टोलीले बनाउने नीतिको सवालमा फेरि प्रश्न गरिएला तर अहिलेका लागि बिपतको सवालमा स्थानीय सरकारहरु चुके र जसका कारण हरेक वर्ष नागरिकहरुले सास्ती झेल्न परेको छ तर यसो भनिरहदा फेरि आम नागरिकहरुको पनि कमजोरी चैं छ यो बिषयमा सबै सचेत बन्न्न आवश्यक छ ।

Leave a Reply