दिपेन्द्र जैसवाल
गन्जभवानीपुर,बाराको बारागढी गाउँपाालिकाको दोस्रो कार्याकालको गाउँ सभाको सातौ अधिबेशन तथा आर्थिक वर्ष ०८२ ÷०८३ को लागी नीति कार्यक्रंम तथा बजेट प्रस्तुतीकरण कार्यक्रम सम्पन भएको छ ।गाउँपालिकाका अध्यक्ष अशोककुमार जयसवालको अध्यक्षतामा सम्पन्न सो सभामा ४१ करोड ९० लाख ६१ हजार दुई सय २६८ रुपैयाको बजेट गाउँपालिकाकी उपाध्यक्ष एवम् योजना तर्जुमा समितिकी संयोजक लक्ष्मी देबी रायको अनुमतिमा वडा नम्बर ४ को वडा अध्यक्ष एवम् गाउँपालिकाका प्रवक्ता समेत रहुनुभएका पन्नालाल साहले सभा समक्ष प्रस्तुत गर्नुभएको थियो ।

सभामा प्रमुख प्रशासकिय अधिकृत सरोजकुमार चौधरी, लेखा अधिकृत अजय चौधरी, वडा नम्बर २ का वडा अध्यक्ष जिगिन्द्र साह कलवार, वडा नम्बर ३ का वडा अध्यक्ष उमेशप्रसाद साह, वडा नम्बर ५ का वडाअध्यक्ष मैनेजर चौधरी, वडा नम्बर ६ का कार्यवाहक वडा अध्यक्ष रामेश्वर पडित, पालिकाका विभिन्न शाखामा कार्यरत शाखा प्रमुखहरु गाउँ सभा सदस्यहरु गाउँ कार्यपालिका सदस्य रेणु देबी कलवार, धन्मंन्ती मलाहीन, संगिताकुमारी चौधरीलगायत वडा वडा सचिवहरु, सुरक्षाकर्मी, संञ्चारकर्मीको उपस्थिति रहेको थियो ।कार्यक्रमको संञ्चालन योजना ईकाई प्रमुख रंजितकुमार साहले गर्नुभएको थियो ।
परवानीपुरमा शिक्षा, स्वास्थ्य र पूर्वाधारमा जोड
कलैया,परवानिपुर गाउँपालिकाको १६औं गाउँसभा सोमबार सम्पन्न भएको छ। गाउँपालिका सभाहलमा सम्पन्न उक्त गाउँ सभामा आर्थिक वर्ष २०८२-०८३ का लागि नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरिएको छ। उपमेयर सुगन्धी देबि कनुईनको आग्रहमा प्रमुख प्रशासकिय अधिकृत मुन्ना साह रौनियारले आगामी आवका लागि रु ३४ करोड ३४ लाख ६९ हजार १ सय ५८ को बजेट प्रस्तुत गर्नुभएको छ ।गाउँपालिका अध्यक्ष रामक्षेत्री प्रसाद कुर्मीको अध्यक्षतामा सम्पन्न सभामा विगत वर्षको समीक्षा गर्दै आगामी वर्षको योजना तथा कार्यक्रमहरू प्रस्तुत गरिएको छ् । अध्यक्ष पटेलले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास, सामाजिक सुरक्षा, युवा तथा महिलामुखी कार्यक्रमलाई प्राथमिकता दिइने बताउनुभएको छ ।सभामा जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी, नागरिक समाजका प्रतिनिधि तथा पत्रकारहरूको उपस्थिति रहेको थियो।

Leave a Reply