सिकिन्द्र साह

सिम्रौनगढ,सिम्रौनगढ नगरपालिका वडा नम्बर १ खजानीमा रहेको ब्रह्माकुमारी राजयोग उपशाखा केन्द्रमा रक्षाबन्धनको अवसरमा बिहीवार विभिन्न कार्यक्रम भएको छ ।बहिनी निर्मला र जानकी दिदीले अध्यात्मिक प्रवचनसहित सर्वसाधारणलाई रक्षाबन्धन गर्नुभएको थियो । उहाँहरुले दाजुभाइ र दिदी बहिनीहरुको एकता र प्रेमको प्रतीकको रुपमा रक्षा बन्धन पर्व रहेको बताउनुभयो ।कार्यक्रममा सिम्रौनगढ नगरपालिका लगायत विभिन्न स्थानबाट आएका भक्तजन तथा अध्यात्मिक व्यक्तिहरुको सहभागिता रहेको थियो । रक्षाबन्धन कार्यक्रमको अवसरमा स्थानीय ओमप्रकाश ठाकुरले सिम्रौनगढ नगरपालिका पौराणिक कालदेखि देवशीला तथा मन्दिरको लागि प्रशिद्ध रहेको बताउनुभयो । उहाँले सिम्रौनगढलाई धार्मिक पर्यटकीय क्षेत्र घोषणा गर्न माग गर्नुभयो । कार्यक्रममा बैकुण्ठ साहेब तथा स्थानिय भद्र भलादमि को सहयोगमा कार्यक्रम सम्पन्न भएको थिए ।ब्रह्माकुमारी राजयोग उपशाखा केन्द्र सिम्रौनगढले रक्षाबन्धनको अवसरमा हरेक वर्ष विभिन्न कार्यक्रम गर्दैआएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here