पुष्पराज खतिवडा
मनहर्वा,जिल्लाको पचौता नगरपालिकाका वडा नम्बर ३ मतदान स्थलका ४ वटा केन्द्रको मतदान स्थगन भएको छ । एमाले र जसपा कार्यकर्ताबीच विवाद हुँदा वडा नम्बर २ र ४ मा समस्या भएको हो ।
एउटा पालिकाको ४ वटा केन्द्रमा मतदान स्थगन बाहेक जिल्लाभर मतदान शान्तपूर्ण सम्पन्न भएको छ ।
पचरौता बाहेक अन्यत्र समेत विवाद र झडप भएपनि केही बेरमै मतदान प्रकृया संचालनमा आएका थिए । जसका कारण जिल्लाभित्र समग्रमा मतदान प्रकृया शान्तिपूर्ण रुपमा सम्पन्न भएको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ ।
स्थगन भएका स्थानमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन आयोगको परामर्शमा पुनः मतदान हुने गरी मिति तोकिने सहायक प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईले जानकारी दिनुभयो ।
बारामा कति प्रतिशत मत खस्यो सोको वास्तविक विवरण आउन बाँकी छ । मतदान स्थलहरुबाट मतगणना स्थलमा मतपेटीका संकलन कार्य भइरहेकाले केही बेरपछि मात्रै वास्तविक विवरण दिन सकिने मुख्य निर्वाचन कार्यालय बाराका सुचना अधिकृत ईन्द्र याङहाङ्गले जानकारी दिनुभयो ।
स्थानीय मतदान अधिकृतहरुका अनुसार जिल्लामा ६८ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान गरिएको छ । ४ लाख १३ हजार ७ जना मतदाता छन् ।