उमेश घलान

निजगढ,सनराइज बैंक लिमिटेड निजगढ शाखाले बचत खाताका ग्राहकहरुको लागि संचालन गरेको “स्वास्थ्य बीमा सुविधा” अन्तर्गत निजगढ ८ का रामवरण यादवलाई स्वास्थ्य उपचार खर्चबापतको ८० हजार रकम सोमवार प्रदान गरेको छ ।निजगढ वडा नम्बर १ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सिंगौलका प्रधानाध्यापकसमेत रहनुभएका यादवको पत्थरीको शल्यक्रियाको क्रममा भएको खर्च बराबरको रकम बैंकका निजगढ शाखा प्रबन्धक प्रद्युम्न आचार्यले प्रदान गर्नुभयो । सनराइज बैंकका ग्राहक यादवको काठमाण्डौं नख्खुस्थित मेडिसिटी हस्पिटलमा पत्थरीको शल्यक्रिया भएको थियो ।बंैंकको स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत बचतकर्ताहरुले अस्पतालमा भर्ना भएर उपचार गराउँदा लागेको रकममध्ये १ लाखमा नबढ्ने गरी बचत खातामा रहको बार्षिक औसत मौज्दातको २५ प्रतिशत वा बिल रकममध्ये जुन कम हुन्छ सो रकम दाबी गर्न पाउनेछन ।बैंकले उल्लेखित स्वास्थ्य बीमा सुविधा अतिरिक्त आफ्ना बचतकर्ताहरुको लागि “सामूहिक दुर्घटना बीमा सुविधा” समेत प्रदान गर्दै आइरहेको छ । सो सुविधाअन्तर्गत दुर्घटनामा परी कुनै बचतकर्ताको मृत्यु वा स्थायी तवरले अशक्त भएमा ५ लाखमा नबढ्ने गरी बचत खातामा रहेको मौज्दातको ४ गुणासम्म दाबी गर्न सक्नेछन ।बैंकले ग्राहकहरुले खाता खोलेको पहिलो दिनबाट नै उल्लेखित दुबै बीमा सुविधाहरु उपलब्ध गराउने शाखा प्रबन्धक आचार्यले जानकारी दिनुभयो ।

Leave a Reply