नरेश गुप्ता

बरियारपुर,बाराको महागढीमाई नगरपालिकामा कार्यरत कर्मचारीहरुलाई समयमै कार्यालयमा उपस्थित भएर सर्वसाधारण सेवाग्राहीलाई नियमित रुपमा सेवा प्रवाह गर्न नगर प्रमुख उपेन्द्रप्रसाद यादवले बिहिवार निर्देशन दिनुभएको छ ।

नगर प्रमुख यादवले पदभार ग्रहण गरेसंगै नगरपालिकामा कार्यरत कर्मचारीहरुलाई बिहान ९ः३० बजे उपस्थित हुन निर्देशन दिनुभएको हो । त्यसैगरी सरसफाइकर्मी र सवारी चालकहरूलाई बिहान ७ बजेदेखि नै कार्यालयमा उपस्थित हुन उहाँले निर्देशन दिनुभयो ।

उहाँले जनताको काम समयमै छिटो छरितो ढङ्गले गर्नु पर्ने भन्दै कार्यालयका कर्मचारीहरुलाई आफ्नो दायित्व र कतव्र्य जिम्मेवारीका साथ निर्वाह गर्न आग्रह गर्नुभयो । कार्यालय समयभित्र कार्यालयमा नपुग्ने कर्मचारी, कार्यालय सहयोगी जोसुकै भएपनि कारबाही गर्ने जानकारी उहाँले दिनुभयो ।

कार्यालयको कामकाज इमान्दारीसाथ निर्वाह गर्न तथा आफ्नो पदीय जिम्मेवारी पुरा गर्न नगर प्रमुख यादवले सबैलाई निर्देशन दिनुभएको छ ।

त्यसैगरी विश्व प्रसिद्ध गढीमाई मन्दिरको सरसफाइप्रति ध्यान दिन आग्रह गर्दै उहाँले प्रतेक हप्ताको शुक्रबार बृहत् रुपमा सरसफाइ अभियान संचालन गर्न सरसफाइ कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ ।

Leave a Reply