नरेश गुप्ता,

बरियारपुर,स्थानीय तहको निर्वाचनको सोमबार अन्तिम दिन बारामा विभिन्न राजनीतिक दलहरुले उम्मेदवारहरुको मनोनयन पत्र दर्ता गरेकाछन ।

निर्वाचन आयोगको कार्यालयले बैशाख ११ र १२ गते दुई दिन उम्मेदवारको मनोनयन दर्ता गराउने मिति तय गरेको भएपनि सोमवार अन्तिम समयसम्म मनोनयन दर्ता भएको हो ।

बाराको महागढीमाई नगरपालिकामा नेपाली कांगे्रसबाट नगर प्रमुखमा उपेन्द्रप्रसाद यादव, उपप्रमुखमा तारादेबी कानुलाई पुनः पार्टीले उम्मेदवार बनाएको छ ।

त्यसैगरी नेकपा माओवादी केन्द्रबाट नगर प्रमुखमा रामबाबु यादव, उपप्रमुखमा महागढीमाई नगरपालिका वडा नम्बर ११ निवासी अनिता देबी यादवको उम्मेदवारी परेको निर्वाचन अधिकृत ठाकुर तिवारीले जानकारी दिनुभयो ।

त्यसैगरी नेकपा एमालेबाट महागढीमाई नगरपालिका नगर प्रमुखमा राजाबाबु जैसवाल, उपप्रमुखमा कुशवाहा, नेकपा माओवादी केन्द्रबाट नगर प्रमुखमा सचिन कुशवाहा, नेकपा एकीकृत समाजवादी पार्टीबाट नगर प्रमुखमा अमजद खान, उपप्रमुखमा ममता साहले महागढीमाईमा उम्मेदवारी दर्ता गराएका छन ।

त्यस्तै कलैया उपमहानगरपालिकामा ५ दलीय गठबन्धनमा नेपाली कांग्रेसबाट राजेश राय यादव, उपप्रमुखमा जसपा नेपालबाट प्रमोद गुप्ताले उम्मेदवारी दर्ता गराउनुभयो ।

त्यसैगरी नेकपा एमालेबाट बिनोद साह, लोसपाबाट जयप्रकाश साहले उम्मेदवारी दर्ता सोमबार गराएका छन । उता, बाराको पचरौता नगरपालिकामा नेकपा एमालेबाट नगर प्रमुखमा जलान्धर सिंह उपप्रमुखमा नसिमा खातुनले उम्मेदवारी दर्ता गराएका छन । नेकपा एमाले पचरौता नगरपालिकामा वडा नम्बर १ मा बिनोद सिह, वडा नम्बर २ मा प्रभु देयाल शर्मा, वडा नम्बर ३ मा धेनुक राउत कुर्मी, वडा नम्बर ५ मा लक्ष्मी यादव, वडा नम्बर ६ मा भिखारी साह, वडा नम्बर ७ मा बनारसी मुखिया बिन, वडा नम्बर ८ मा अजय चौधरी र वडा नम्बर ९ मा गगनदेव यादवले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

त्यसैगरी पचरौरा नगरपालिकाना लोसपा नेपालबाट नगर प्रमुखमा श्याम गुप्ता, उपप्रमुखमा ईन्दुकुमारी यादवले उम्मेदवारी दर्ता गराएका छन । यसैगरी बाराको सुवर्ण गाउँपालिकामा नेकपा एमालेबाट अध्यक्षमा सतपाल यादव, जसपा नेपालबाट महेन्द्र यादव, नेपाली कांग्रेसबाट राजेश यादव, नेकपा माओबादी केन्द्रबाट राजकुमार यादवले गाउँपालिका अध्यक्षमा उम्मेदवारी दर्ता गराउनुभएको छ ।

सिम्रौनगढ नगरपालिकामा सोमबार प्रमुख दलका प्रतिनिधिहरु एकैचोटि मनोनयन दर्ता गराउन निर्वाचन कार्यालय पुगेको थियो । सिम्रौनगढमा नेपाली कांग्रेसबाट नगर प्रमुखमा बिजयशंकर यादव उपप्रमुखमा रिमा कुशवाहाले उम्मेदवारी दर्ता गराएका निर्वाचन अधिकृत मनोजकुमार गुप्ताले जानकारी दिनुभयो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here