पाठकबृन्द,आजभन्दा ठीक २३ वर्षअगाडि जिल्ला प्रशासन कार्यालय कलैया बारामा रोपिएको कृपारुपी छापा संचार माध्यम अब लर्के जवान भइसकेको छ । अथवा यो पत्रिका दुई दशक दुई वर्षको यात्रा पार गरेर अगाडि बढेको छ ।
हेर्दाहेर्दै बारा जिल्लाबाट प्रकाशित भएको सबैभन्दा पहिलो कृपा दैनिक पत्रिका पनि अब एक परिपक्व युवा अवस्थामा प्रवेश गरेको छ यसो भन्न पाउदा हामीलाई गर्वको अनुभूति भइरहेको छ । हुन त् जसरी मानिस जन्मन्छ, बाल्यकाल पूरा गर्दै किशोर अवस्थातिर प्रवेश गर्दछ त्यसरी नै पत्रिकालाई हुर्काउनका लागि पनि हामीले कम्ती संघर्ष पक्कै गर्न परेको छैन तैपनि यहाँहरुको साथ, सद्भाव र ममताका कारण सबै पीडा भुलेर शितल छहारीमा बसे झैं लाग्ने गर्दछ ।
यहाँहरुले देखाउने ममताका कारण नै पत्रिका प्रकाशनमा झेल्न परेको पीडालाई भुसुक्क बिर्सनु परेको छ । यसो भन्दैमा पत्रिका संचालनका लागि चुनौति नै थिएनन् र छैनन् भन्ने पनि होइन ।

बाराको उर्वर भूमिमा पत्रिका प्रकाशन गरेर समाजलाई रुपान्तरण गर्ने अभियान साच्चै भन्ने हो भने फलामको चिउरा चपाउनु जस्तै थियो, जुन त्यति सजिलै संभव हुने कुरै भएन । तैपनि हामीले यो जोखिम मोलेरै अगाडि बढ्ेका छौं ।
बाराका नागरिकहरुको सूचनाको भोक मेटाउनका लागि फलामकै चिउरा चपाएर नै भएपनि यो अभियान संचालन गर्नुपर्छ भनेर कृपा प्रकाशन समूहले तपाईलाई सूचित गराउने लक्ष्य लियो र आज युवा अवस्थामा प्रवेश ग¥यो । २२ वर्षदेखि निरन्तर तपाईको माझमा हामी अविचलित छौं ।

बारामा केही वर्षअघि मात्रै छापा संचार माध्यमको रुपमा हामी मात्रै थियौं । जिल्लामा अब हामी मात्रै एक्लै छैनौं । अहिले हामीजस्तै दैनिक पत्रिका नै बाराको कलैयाबाट प्रकाशित छन् । बारामा रेडियोहरु पनि गाउँगाउँसम्म खुलेका छन् ।
कृपा दैनिकले शुरु गरेको सूचनाको हक आम नागरिकसम्म पु¥याउने अभियानमा अन्य संचारमाध्यामले साथ दिएको बुझाइ हाम्रो हो र संचार माध्यामसंगै संचारकर्मीको पनि विस्तार र विकास हुनुमा कृपाले हामीलाई जहिले पनि गर्व सूचिमा राख्दछ र यसको श्रय पनि आफूले  लिन्छ । संचारको विकासले अझै हामीलाई बढी जिम्मेवार र अभिभाकत्वको भुमिकामा रहनका लागि सुझाएको महसुस गर्दै आएका छौं ।

जिल्लाको सबैभन्दा पुरानो दैनिक पत्रिका भएका नाताले हामी प्रकाशनमा सवालमा फलामै चिउरा चपाउन परेनि आर्थिक रुपमा निकै कमजोर भएपनि तपाईको सूचना पाउने अधिकार र रहर पनि मार्न दिने छैनौं । अभिभाककत्व भूमिकामा पनि कुनै कन्जुस गर्ने छैनौं । हामीलाई तपाई सबै पाठकको साथ, सहयोग र सुभेच्छा पाए हाम्रा लागि यही धन्य हुनेछ । यहाँहरुको अपार मात्रै होइन अनुपम ममता अनि साथ र सहयोगले नै कृपा दैनिक आज यो अवस्थामा पुगेको भन्न पाउँदा हामीलाई निकै गर्वको महसुस हुन्छ । कृपा दैनिक बारामा संचालन गर्नु र प्रकाशन गर्नुको एक मात्र लक्ष्य भनेको बाराको समाजलाई सूचनाको पहुँचमा पु¥याउनु नै थियो र यो लक्ष्यमा कृपा दैनिक सफल भएको छ भन्ने कुरा यसैपनि प्रमाणित भएको छ ।  हामी आज यो अवस्थासम्म आउनमा तपाइँ सबै पाठक वर्गको ठूलो हात छ । हामीलाई साथ दिनुहुने सबै पाठक वर्ग, विज्ञापनदाता, शुभचिन्तक अनि शुभच्छुक सबैमा हार्दिक धन्यवाद ज्ञापन गर्दछौं अनि यो यात्रासम्म हामी सधै तपाईहरुको साथमा रहने नै छौं ।

अन्तिमा हामीले २१ औं वार्षिकोत्सव मनाइरहदा वा २२ औं वर्षमा प्रवेश गरिरहदा फेरि हामीलाई सहयोग गर्ने विज्ञापनदातालाई कहिल्यै भुल्न सक्दैनौं । नियमित रुपमा विज्ञापन उपलब्ध गराइ पत्रिकाको प्राण धान्न भूमिका निभाउनु हुने तपाई पिज्ञापनदाता, नियमित पत्रिका पढेर पत्रिकामा रहेका कमीकमजोरी औंल्याइदिने तपाई सचेत पाठक वर्ग, बाराका सबै संचारकर्मीहरु जसले कृपा पत्रिकाका लागि कुनै न कुनै हिसावले योगदान गर्दैआउनु भएको छ अनि पत्रिका प्रकाशनमा स्थापनाकालदेखि होस् या वर्तमान अवस्थामा साथ दिने सबै कर्मचारी तथा कृपा दैनिकमा आवद्ध सबै सहयोगलाई धन्यवाद दिदै आगामी यात्राका लागि पनि कृपा दैनिक सदैव उहाँहरुको साथमा रहन चाहन्छ ।
धन्यवाद ।
सविता चालिसे
प्रकाशक

Leave a Reply