पुष्पराज खतिवडा

मनहर्वा,साना किसान कृषि सहकारी संघ र बारा बचत तथा ऋण सहकारी संघ बाराको संयुक्त आयोजनामा आइबार कलैयामा विशेष कार्यक्रमको आयोजना हुने भएको छ ।

६५ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा जिल्ला सदमुकाम कलैयामा प्रभातफेरी सहितको विशेष सभाको आयोजना गर्न लागिएको साना किसान कृषि सहकारी संघ लिमिटेड बाराका अध्यक्ष मिश्रीलाल सहनीले बताउनुभयो ।

मर्यादित व्यवसाय र प्रविधि आधारित सहकारी भन्ने नाराका साथ सहकारी अभियानका सवल र कमजोर पक्ष केलाउँदै आगामी दिनमा सहकारीलाई उत्पादनसँग जोडेर परिचालन गर्न अभिप्रेरित समेत गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको उहाँले बताउनुभयो ।

कार्यक्रमबारे जानकारी दिँदै बारा बचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष सत्यन्द्र ठाकुरले ५ सयजना सहकारीकर्मीहरु कार्यक्रममा सहभागी हुने बताउनुभयो । बरेवास्थित होटल दरबारईनको सभाकक्षमा कार्यक्रम हुने बताइएको छ । कार्यक्रममा जिल्लाबाट प्रतिनिधित्व गर्ने संघीय एवं प्रदेश सांसदहरु, कलैया उमहानगरपालिका मेयर राजेश राय यादब र प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाललाई आमन्त्रण गरिएको उहाँले बताउनुभयो ।

जिल्लाका विभिन्न पालिकाबाट सहकारीकर्मीहरु संस्थाको ब्यानर र प्लेकार्ड सहित सहभागी हुने र कार्यक्रम अन्तरगत आइतबार विहान ८ः३० सम्म जिल्ला सहकारी संघको पुरोनो कार्यालय अगाडि भेला भएर प्रभातफेरी सहित कलैया बजार प्ररिक्रमा गर्दै दरबार होटल पुग्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।

यस्तै साना किसान कृषि सहकारी संघ बाराले सहकारी दिवसका दिन जिल्लाका सहकारी संस्थाका कार्यालय विदा गर्ने निर्णय गरेको छ । सो दिन सहकारीले संस्था विदा गरी कार्यक्रमहरुमा सहभागी हुन कृषि संघ बाराले आग्रह गरेका संघका सचिव रामएकवाल चौधरीले जानकारी दिनुभयो ।

२०१३ साल चैत्र २० गते नेपालमा पहिलो पटक सहकारी संस्था स्थापना भएको थियो । त्यसैको उपलक्ष्यमा हरेक पर्ष चैत्र २० गतेका दिन सहकारीकर्मीहरुले सहकारी दिवस मनाउदै आएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here