रौतहट,५ गते असोज ।
स्थानीय तहले गरेको सिफारिस विपरित जिल्ला शिक्षा समन्वय इकाई गौरले मनपरी ढंगबाट भवन वितरण गर्दा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम रौतहटको फतुवा विजयपुर नगरपालिकामा प्रभावित भएको छ ।

आर्थिक चलखेलको आधारमा जिल्ला शिक्षा समन्वय इकाई गौरले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गतको भवन वितरण गरेको रहस्य बाहिरिएको हो ।
जिल्लाको पश्चिमि र उत्तरी भेगमा पर्ने फतुवा बिजयपुर नगरपालिकाले विभिन्न विद्यालय लाई भवन निर्माणको योजना उपलब्ध गराउनको लागि नगरपालिकाको बोर्डबाट निर्णय गरेर गरिएको सिफारिस बिपरित समन्वय ईकाई प्रमुख रामबिनय प्रसाद सिंहले आर्थिक चलखेलको आधारमा मनपरी ढंगबाट भवनको योजना वितरण गरेको आरोप उनी माथि लागेका छन् ।

फतुवा विजयपुर नगरपालिकाले गत साउन २९ गते ९ वटा बिद्यालयलाई ४ कोठे र ६ विद्यालयलाई २ कोठे भवन गरी १५ विद्यालयका लागि उक्त योजना सिफारिस गरेका थिए । गत आर्थिक बर्षमा माध्यमिक बिद्यालय संचालन भएको टेंग्राहा माबिमा विद्यार्थी संख्याको आधारमा ४ कोठे, आधारभुत प्रावी मेवामा २ कोठे भवन र केही विद्यालयमा आईसिटी ल्याब गरी १५ बिद्यालयमा भवन निर्माणको लागि सिफारिस गरिएको फतुवा बिजयपुरका प्रमुख प्रशासकिय अधिकृत शम्भु यादवले बताए ।

तर जिल्ला शिक्षा समन्वय ईकाई प्रमुख सिंहले पालिकाको सिफारिसलाई पाखा लगाएर माबी टेंग्राहालाई छुटाएको र आधारभूत प्रावी मेवामा २ कोठेको ठाउँमा ४ कोठे भवनको योजना दिएको यादवले गुनासो गरेका छन ।

ईकाई प्रमुख सिंहले २ कोठे भवनको योजनामा एकलाख र ४ कोठे भवनको योजनामा दुईलाख रुपैया लिएर सम्बन्कित विद्यालयको प्रधानाध्यापक को मिलोमतोमा योजना बितरण गरेको स्थानीय समाजसेवी तथा शिक्षा प्रेमी परमेश्वर यादवले गम्भीर आरोप लगाए । जिल्ला शिक्षा समन्वय इकाईका प्रमुख रामविनय सिंह संग ९८५५०४०९४८ मा सम्पर्क गर्न खोज्दा मोवाइल रिसिभ गर्नु भएन ।

Leave a Reply