निजगढ,टेक्टरमा धानको भुसभित्र लुकाएर बाराको निजगढवाट कोहल्वी नगरपालिकातर्फ लैजादै गरेको अवस्थामा करिव ५२ क्युफिटको चिरान काठसहित ३ जनालाई तस्करलाई शसस्त्र वन रक्षक टोलीले शुक्रवार कोल्हबी बजारबाट नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेहरुमा निजगढ नगरपालिका– ८ बस्ने २८ वर्षीय चन्द्र माझी, २४ वर्षीय सन्तोष कुशवार र जीतपुरसिमरा उपमहानगर– १६ टाँगियावस्तीका २२ वर्षिय शेरफ बमजन रहेको डिभिजन वन कार्यालय बाराले जनाएको छ ।
डिभिजन वन कार्यालय बारा, सव डिभिजन वन कार्यालय कोहल्वी र तामागढीवाट खटिएको वन रक्षकहरुको संयुक्त टोलीले शुक्रवार बिहान करिव ३ बजेको समयमा निजगढ कछडिया टोलवाट कोहल्वीतर्फ लैजाने क्रममा कोहल्वी बजार नजिकैवाट एक टेलर काठ सहित तस्करहरुलाई पक्राउ गरेको हो ।
तस्करहरुले स्कटिङ सहित ट्याक्टरमाधानको भुसभित्र लुकाएर सालको चिरान काठ जिल्लाको दक्षिणी भेगतर्फ लैजादै गरेको अवस्थामा ना ४ त ७७९ नम्बरको ट्याक्टरबाट करिव ५२ क्युफिटको २८ ओटा चिरान फन्टासहित ३ जनालाई पक्राउ गरिएको वन रक्षक धुव्र कटुवालले बताउनुभयो ।
कोल्हबी सव डिभिजन कार्यालयका रेञ्जर अब्दुल करिनले वन रक्षक धुव्र कटवालको टोली दिएको सूचनाको आधारमा निजगढ—कोहल्वी सडक खण्डमा शंकास्पद ट्याक्टर चेकजाँच गर्ने क्रममा काठ सहित तस्करहरुलाई नियन्त्रणमा लिन सफल भएको बताउनुभयो । सशस्त्र वन रक्षक टोलीले तस्करीको काठ स्कटिङ गर्न सहयोग पु¥याउन प्रयोग भएको बा ६४ प ७८३४ नम्बरको स्कुटीलाई समेत नियन्त्रणमा लिएको छ ।
पक्राउ परेका अभियुक्तहरुमाथि अनुसन्धान भइरहेको डिभिजन वन अधिकृत मञ्जुर अहमदले जनाउनु भएको छ । पक्राउ परेका व्यक्तिहरुलाई बरामद काठ, ट्याक्टर र स्कुटरलाई डिभिजन वन कार्यालय बारामा राखिएको छ ।