एक युरोपेली देश युक्रेनमा अहिले रुसले आतंक मच्चाएको छ । आतंक यो अर्थमा कि युक्रेन रुसको तुलननामा एकदमै सानो देश हो । रुस विश्वकै शक्तिशाली र ठूलो देश हो भने युक्रेन सानो देश हो । रुससंग बल भएकाले उसले त्यो सानो मुलुकमाथि धावा बोलेको हो । शक्तिकै आधारमा उसले धावा बोलेको हो । वास्तवमा रुससंग लड्ने सक्ने सबै हिसावको हैसियत युक्रेनसंग छैन । तैपनि उसले लडाइ लडिरहेको छ ।

युक्रेनका राष्ट्र प्रमुख आफै लडाइको मैदानमा उत्रिएका छन् । यसको मतलभ उनी रुससंग माफी माग्ने पक्षमा छैनन् । उनीबाट बिश्वका आफूलाई राष्ट्रवादी भनिनेहरुले सिक्न पनि जरुरी छ । वास्तवमा रुसको दादागिरीका बिरुद्धमा शुरुमा अमेरिकाले बोलेको भएपनि जब आक्रमण शुरु भयो तब उसले साथ छाडेको छ ।

अहिले युक्रेनलाई सैनिकको आवश्यकता छ । तर अमेरिका रमिते जस्तै बनेको छ । यसरी रमिते बन्नु जायज होइन । उसले सकेको सहयोग गर्नु पर्ने थियो तर गर्न सकिरहेको छैन । युक्रेनका लागि रुसले गरेको दादागिरीका बिपक्षमा बिश्व सारा एक जुट हुन पनि आवश्यक छ । यो एक दादागिरी हो र नेपाल जस्ता देशले यो घटनाबाट पाठ सिक्न पनि जरुरी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here