नरेश गुप्ता

बरियारपुर,नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले शुक्रवार कलैयामा पार्टी प्रवेश कार्यक्रम आयोजना गरेको छ ।
पोलिटब्युरो सद्स्य दिनेश राईको प्रमुख अतिथियमा पार्टी कार्यालय बारामा भएको कार्यक्रममा कलैया उपमहानगरपालिका वडा नम्बर ४ का युवाहरुलाई पार्टी प्रवेश गराइएको युवा संघ कलैया नगर कमिटी अध्यक्ष हरिओम साहले जानकारी दिनुभयो ।
नेकपा समाजवादी जिल्ला कमिटी सद्स्य बैधनाथ साहको अध्यक्षतामा भएको कार्यक्रम विभिन्न पार्टी परित्याग गरी उमेशचन्द्र गुप्ता, मुकेश चन्द्र गुप्ता, रमेश गोसाई, कृष्ण गुप्ता, कोमल गोसाई, भरत अग्रवाल, प्रभु साह, प्रकाश सहनी, रामबिनय साह लगायत समाजवादीमा प्रवेश गरेका छन ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि राईले एमसिसी राष्ट्रको लागि घातक भएको बताउनु भयो । एमसिसीकै कारण देश फेरि दलदलमा फस्दै गएकोले सम्पुर्ण नेपालीले यसको विरोध गर्नुपर्ने बताउनुभयो ।
सो अवसरमा नेकपा समाजवादीका जिल्ला सचिव बिक्रम ठाकुर, मधेस प्रदेश सदस्य सुरेश मोदक, श्री पासवान लगायतका नेताहरुको सहभागिता रहेको थियो ।



















