कृष्ण मोहन साह

सेढवा,जनयुद्ध दिवसको अवसरमा वीरगन्ज महानगरपालिकाको एक शहिद परिवारलाई आइतबार एक थान कम्प्युटर प्रदान गरिएको छ ।

दिवसको अवसरमा वीरगन्ज महानगरपालिका वडा नम्बर ३० लालपर्सा टोल निवासी शहिद राजेश मण्डलको परिवारलाई नेकपा माओवादी केन्द्र वीरगन्ज महानगर अध्यक्ष रहबर अन्सारीले एक थान ल्यापटप प्रदान गर्नु भएको हो ।

अध्यक्ष अन्सारीले मण्डलकी पत्नि ललिता देबीलाई ईन्टरनेटको लाईन सहित एक थान कम्प्युटर प्रदान गर्नु भएको थियो । मण्डलका चार जना छोराहरुको उच्च शिक्षा अध्ययन गर्नको लागि सहयोग होस भनेर महानगर समितिले ल्यापटप प्रदान गरेको अखिल क्रान्तिकारी मधेस प्रदेश मुख्य सचिव जुबेर आलमले जानकारी दिनु भयो ।

धनीका छोराछोरीहरु निजी विद्यालय तथा देश विदेशमा पुगेर अध्ययन गरिरहेको तर देशका लागि ज्यान गुमाएका शहिदहरुका छोराछोरीलाई अध्ययन गर्नमा समस्या भइरहेकोले शहिद परिवारलाई ल्यापटप प्रदान गरिएको माओबादी केन्द्र वीरगन्ज महानगर अध्यक्ष अन्सारीले बताउनुभयो । उहाँले शहिदका परिवारलाई कम्प्युटर प्रदान गर्नाले शहिदका छोराछोरीहरु पनि पढेर शिक्षित हुन सक्ने बताउनुभयो ।

‘मधेस केन्द्रीत दलहरुले शहिद परिवारलाई भैंसी प्रदान गरे, तर म प्रगतिशील बिचारबाट प्रभावित भएकाले शहिद परिवारले किन भैसी चराउनु परयो, उहाँले भन्नुभयो, नेताका छोराछोरीहरु ठुलो विद्यालयमा पढन जान्छन त्यसकारण शहिदका छोराछोरीहरु पनि पढुन भनेर कम्पयुटर दिएका हौ ।’

कार्यक्रममा माओवादी केन्द्र वीरगन्ज महानगर उपाध्यक्ष जुमादिन अन्सारीलगायत स्थानीयबासीहरुको पनि सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here