नरेश गुप्ता

बरियारपुर,संघीय सरकारको भौतिक पूर्वाधार बिकास मन्त्री रेणु यादवको बर्खास्तीको माग गर्दै राष्ट्रिय युवा संघ नेपाल बाराले कलैयामा मंगलबार बिरोध प्रदर्शन गरेको छ ।

जसपा नेतृ एंव मन्त्री यादवले बलिदानी दिवसमा गत हप्ता गौरमा आयोजित सभामा फेरि नरसम्हार दोहोर्याइ दिने चेतावनी दिनुभएको थियो । मन्त्री यादवको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेको बेलामा नेकपा एमाले निकट युवा संघ बाराले मन्त्री रेणु यादवको राजिनामाको माग गर्दै विरोध प्रर्दशन गरेको हो ।

राष्ट्रिय युवा संघ नेपाल बाराका अध्यक्ष पुरुषोत्तम साहको अगुवाइमा निकालिएको बिरोध र्यालीले कलैया बजार परिक्रमा गरी भरत चोकमा पुगेर मसाल जुलुससमेत निकालिएको थियो ।

मन्त्री यादवको अभिव्यक्ति लोकतन्त्र विरोधी रहेको भन्दै युवा संघका कार्यकर्ताहरुले कानुनी राजमा यस्तो अभिव्यक्ति दिने मन्त्रीले राजिनामा दिनु पर्ने माग गरेका थिए । प्रधानमन्त्री शेरबहादुर देउवाको पनि मन्त्री यादवलाई बर्खास्त गर्नुको साटो उल्टै संरक्षण गर्ने काम गरेको आरोप पनि युवाहरूले लगाएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here