कलैया,बाराको कोल्हबी नगरपालिकाको एक विद्यालयमा नेपाली काँग्रेस पार्टीको चुनाव चिन्ह रुख भएको झन्डा राखिएको पाइएको छ ।

स्थानीय निर्वाचनको आचारसंहितामा सार्वजनिक स्थानमा कुनै पनि पार्टीको चुनाव चिन्ह र झण्डा राख्न नपाइने उल्लेख छ । तर बाराको कोल्हबी नगरपालिका वडा नम्बर ५ मा रहेको श्रीनेपाल राष्ट्रिय आधारभूत विद्यालय बलुवाको भवनको छानामा नेपाली काङ्ग्रेस पार्टीको चुनाव चिन्ह रुख अंकित झण्डा गाढिएको हो ।

नेपाल राष्ट्रिय आधारभूत विद्यालय बलुवाका प्रधानाध्यापक देवदत्त चौधरीसँग यस विषयमा बुझदा नेपाली काँग्रेस पार्टीका उम्मेदवारहरुले निर्वाचनको प्रचार प्रसारमा विद्यालयका बालबालिकालाई पनि प्रयाोग गरेको र उनीहरुले नै विद्यालयमा ल्याएर नेपाली काँग्रेस पार्टीको रुख चिन्ह भएको झन्डा राखेको जानकारी दिनुभयो ।

प्रधानाध्यापक चौधरीले विद्यालयमा पार्टीको झण्डा झुण्डिएको स्वीकार गर्नुभयो । ‘केही विद्यार्थीहरुले पार्टीको झण्डा राखेका रहेछन, उहाँले भन्नुभयो, जानकारी पाउने बित्तिकै अहिले हटाएका छौं ।’

कोल्हबी नगरपालिकाका निर्वाचन अधिकारी रमेश श्रेष्ठले निर्वाचन आचारसंहिता विपरीत विद्यालयमा कुनै पार्टीको झण्डा राख्नु गलत भएको जानकारी दिनुभयो ।

Leave a Reply