वीरगञ्ज । स्कुले बालिका र महिलाहरुको अश्लील भिडियो बनाएको आरोपमा प्रहरीले पर्साको छिपहरमाई गाउँपालिका ५ बाट एक युवकलाई पक्राउ गरको छ ।

पक्राउ पर्नेमा छिपहरमाई गाउँपालिका वडा नम्बर ५ निवासी ३० बर्षिय सज्जाद आलम अहमद रहेका छन् ।
सज्जादले गाउँपलिका क्षेत्र भित्रका स्कुल पढ़ने बालिका र गाउँका महिलाहरूको अश्लील भिडियो बनाएको आरोपमा गाँउलेले आइतवार नियन्त्रणमा लिएर प्रहरी चौकी भिस्वाको जिम्मा लगाएका थिए । त्यसपछि स्थानीयले कडा कारबाहीको माग गर्दै भिस्वामा टायर बालेर प्रदर्शन गर्नुकासाथै बजार पनि बन्द गराएपछि सज्जादलाई त्यहाबाट ईलाका प्रहरी कार्यालय पोखरियामा ल्याएर राखिएको प्रहरी निरीक्षक मोहनविक्रम केसीले जानकारी दिनुभयो ।

सज्जादको साथबाट एक थान मोबाइल र २ थान पेनड्राइभ पनि बरामद गरिएको उहाँले बताउनुभयो । साथै उनको मोबाइल र पेनड्राइभमा केहि अश्लील भिडियो पनि भेटिएको उहाँले जानकारी दिनुभयो ।केही समय पहिले साउदी अरबबाट वैदेशिक रोजगारी गरेर नेपाल फर्किएपछि सज्जाद अश्लील गतिविधिमा लागेको स्थानीयबासीको भनाई छ ।आरोपित सज्जादलाई ईलाका प्रहरी कार्यालय पोखरियाको हिरासतमा राखिएको र पीडितहरुको लिखित जाहेरी आएपछि त्यसकै आधारमा कारबाही प्रकृया अगाडि बढाइने प्रहरीले बताएको छ ।

Leave a Reply