डुमरवाना,सिमराको औराहमा रहेको जुनतारा फाउण्डेशनले विपन्न परिवारका छात्रछात्रालाई मंगलबार न्यानो कपडा वितरण गरेको छ । फौन्डेशनले औराहास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका अतिविपन्न परिवारका छात्रछात्राहरुलाई न्यानो कपडा वितरण गरेको फाउण्डेशनका अभियान्ता बिनोद सापकोटाले जानकारी दिनुभयो । विदेशमा कार्यरत नेपालीहरुबाट संकलन गरेको सहयोग रकमबाट १ सय ७३ जना विद्यार्थीहरुलाई राहत स्वरुप न्यानो कपडा वितरण गरेको सापकोटाको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here