निजगढ,लायन्स क्लब अफ निजगढ युथले आगलागीबाट घर जलेर पीडित बनेको निजगढ नगरपालिका वडा नम्बर ३ पिपलटारका जगतबहादुर भ्लोनको परिवारलाई सोमबार न्यानो कपडा सहयोग गरेको छ । लायन्स क्लबले भ्लोनको घरमा पुगेर न्यानो कपडा हस्तान्तरण गरेको हो ।

पीडित परिवारलाई सिरक, डसना, कमल, तन्ना सहयोग गरेको लायन्स क्लब अफ निजगढ युथका अध्यक्ष इराज कोइरालाले बताउनुभयो । न्यानो कपडा वितरण कार्यक्रममा क्लबका क्याविनट अफिसर होम प्रसाद न्यौपाने, लायन्स क्लब अफ निजगढका प्रेसिडेन्ट दिपेन्द्र श्रेष्ठ, लायन्स क्लब अफ निजगढ सिटीका खड्गराज मैनाली, लायन्स क्लब अफ निजगढ युथका जनक श्रेष्ठ, सुदिप कोइराला, सुदर्शन दङ्गाल, इन्दिप कोइराला, नवराज दाहाल, प्रकाश रौनियार, प्रमोद न्यौपाने, राजु श्रेष्ठ, सिद्धान्त तिमल्सिना लगायतको उपस्थिति रहेको थियो ।

त्यसैगरी निजगढ नगर प्रमुख सुरेश खनाल, प्रमुख प्रशासकीय अधिकृत सुमनकुमार कार्कीलगायतको टोलीले पनि पीडित भ्लोनको घरमा पुगेर आइतबार राहतमा खाद्यान्न र उपभोग्य सामाग्री प्रदान गरेको छ ।

पीडित परिवारलाई नगरपालिकाले राहतमा ३० केजी चामल ८ केजी दाल, ४ केजी नुन ४ लिटर खाने तेल, ८ केजी आलु, २ थान त्रिपाल र ६ थान म्याट लगायतका उपभोग्य सामग्री वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत कार्कीले जनकारी दिनुभयो ।

राहत वितरण कार्यक्रममा निजगढ नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष जीतबहादुर तमाङ्गको पनि उपस्थिति रहेको थियो । भ्लोनको २ तले काठको घरमा विद्युत सर्ट भएर आइतबार दिउसो २ बजे आगलागी हुँदा ९ लाख बराबराको धनमाल जलेर नष्ट भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here