राजन कुमार बानिया
पोखरिया,पर्साको सिमावर्ती बजार भिस्वामा शनिवार राती एक किरान पसलबाट लाखौको नगदसहित सामान चोरी भएको छ ।छिपहरमाई गाउँपालिका वडा नम्बर ५ भिस्वा बजारमा रहेको हरि कुशवाहाको किराना पसलमा राती चोरी भएको हो ।
चोरहरुले पसलको पछाडिको ढोकाको ताला फुटाएर विभिन्न किसिमका चुरोटको डब्बा लगायत अन्य सरसामान र नगदसहित करिब १० लाख रुपैयाँ बराबरको चोरी भएको बताइएको छ । चोरहरुले पसलमा रहेको सीसी क्यामरा पनि फुटाएका छन् ।

ईलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक मोहनबिक्रम केसीको नेतृत्वको टोली घटना स्थलमा पुगेर सीसी क्यामराको चेक जाँच गरेको थियो । घटना अनुसन्धाकै क्रममा रहेको प्रहरीले जानकारी दिएको छ ।प्रहरी चौकी भिस्वा र सशस्त्र प्रहरी भिस्वाको नजिकैबाट चोरी भएमा स्थानीयहरुले गुनासो गरेका छन् ।नेपाल प्रहरी र सशस्त्र प्रहरी चौकीबाट सय मिटर दुरीमा रहेको भिस्वा बजारबाट कुशवाहाको किराना पसलमा चोरी भएको हो । पछिल्लो समय भिस्वा बजारमा चोरीको घटना बढेको स्थानीयहरुले गुनासो छ । केही समय पहिला भिस्वा बजारमा रहेको श्री मंगल मावि भिस्वाबाट सीसी टिभी फुटाएर दुई पटक चोरी गरि २७ थान कम्प्युटर, डेक्स्टप, फर्निचर लगायत चोरी भएको थियो ।नेपाल प्रहरी र सशस्त्र प्रहरीहरुले दिनभरि तस्करहरुसँग व्यस्त रहने र रातभरि सुत्ने गरेकोले गस्ती फितलो हुँदा चोरीको घटना बढेको स्थानीयहरुको आरोप छ । विद्यालयमा भएको चोरीको घटना सेलाउन नपाउँदै बजारमा रहेको किराना पसलमा चोरी हुँदा भिस्वा क्षेत्रमा त्रासको अवस्था छ ।

Leave a Reply