कलैया, नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मिसन– ०८४ मा पार्टीले बहुमत प्राप्त गरेपछि मात्रै मुलुकले राजनीतिक स्थायित्वसंगै सम्बृद्धि पनि हासिल गर्ने बताउनुभएको छ ।एमाले बाराको ११औँ जिल्ला अधिवेसनको कलैयामा सोमवार उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । राजनीतिक स्थिरता ल्याएर देशमा विकासको गति तीव्र पार्ने पार्टीको पहिलो प्राथमिकता र संकल्प रहेको उहाँको भनाई छ । ‘मुलुकमा राजनीतिक स्थिरता नभएसम्म विकास हुदैन, त्यसैले राजनीतिक स्थिरताका लागि पनि जनताले एमालेलाई बहुमत दिनुपर्छ,’ उहाँले भन्नुभयो, ‘देशको विकासको लागि एमालेको बहुमतको सरकारको आवश्यकता छ ।’
‘मधेसमा मल कारखाना, कोशी मरिण डाइभर्सन, बन्द उद्योगलाई पुनर्जीवन दिने एमालेको अठोट छ ।’ उहाँले भन्नुभयो । गाउँ नगरदेखि केन्द्रको राजनीति ४० प्रतिशत युवा समेटेर पार्टी अगाडि बढ्ने उहाँले बताउनुभयो ।उपाध्यक्ष ईश्वर पोखरेलले वर्तमान सरकारको आयु छोटो छ, भन्ने कुरा बजारी हल्ला मात्रै भएको बताउनुभयो । उपाध्यक्ष पोखरेलले भन्नुभयो, “वर्तमान सरकार देशका आवश्यताले निर्माण भएकाले छिटै ढल्दैन । विपक्षले मुख नमिठ्याए हुन्छ । यो सरकारसँगै बनेको समीकरण लामो समय जान्छ ।”
उहाँले वर्तमान सरकार निर्माण हुनुको कारण समेत खोल्नुभयो । एमालेलाई सिध्याउने रणनीतिका साथ बनेको तत्कालिन काँग्रस सम्बद्ध गठबन्ध आफ्नै बोझले ढलेपछि पछिल्लो समीकरण तयार भएको बताउनुभयो । देश विकास र समृद्धिका लागि काँग्र्रेस बाधक बन्दा समस्या भएको उहाँको भनाई थियो । हिजो केपीओली प्रधानमन्त्री बन्दाअघि सारेका विकासका योजना पुरा गर्न पनि एमाले सरकारमा आउन जरुरी थियो । सुनकोशी मरिन डाईभर्सन मधेसको समृद्धिको आधार भएको भन्दै एमाले सरकारको पालामा अधुरा कामले अव गति लिने उहाँले बताउनुभयो ।
यस्तै पूर्वउपप्रधानमन्त्री समेत रहेका पोखरेललले युवालाई नेतृत्वामा लैजान तल्लो तहबाटै वातावरण बर्नाएको भन्दै नगरदेखि केन्द्रको राजनितीमा ४० प्रतिशत युवा समेटेर एमाले अगाडि बढिरहेको पनि सुनाउनुभयो ।
आगामी बैशाख १५ गते ईलाम २ मा हुने उपनिर्वाचनमा पूर्वसभामुख स्वार्गिय सुवास नेम्वाङका छोरा सुहाग नेम्वाङलाई अघि सारिएको प्रसंग केलाउँदै उहाँले युवालाई अवसर दिन एमालेले सुरुवात गरिसकेको बताउनुभयो । एमालेभित्र विचार र नीतिको कमी नभएको भन्दै जोस र जाँगर भएका युवालाई पार्टीको नेतृत्व दिन एमाले आतुर रहेको पनि बताउनुभयो ।
वर्तमान सरकार फरक पार्टी र विचार बीचको गठबन्धन नभएर राष्ट्रिय आवश्यता भएको भन्दै पोखरेलले देशको समग्र विकासका लागि नयाँ सममीकरण बनेको पनि बताउनुभयो । मधेश लगायत समग्र देशको सर्वागीण विकाासका लागि एमाले मात्रै पहिलो विकल्प भएको उहाँको दाबी थियो ।
एमाले बारा अध्यक्ष बिनोद साहको अध्यक्षतामा सम्पन्न जिल्ला अधिवेशनको उद्धाटन सत्रमा एमाले सचिव एवं भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ, केन्द्रिय सचिव एवं मधेस प्रदेश ईन्चार्ज योगेश भट्टराई, पोलिटव्युरो सदस्य पुरुषोत्तम पौडेल, सुमन प्याकुरेल, अच्युत मैनाली, रामदयाल मंडल, कृषि तथा पशुपन्छी मन्त्री एवं पोलिटब्यूरो सदस्य ज्वालाकुमारी साह, मधेस प्रदेश कमिटी अध्यक्ष चन्द्रश्वर मण्डल, सचिव मनोज पौडेललगायतले अधिवेश सफलताको कामना व्यक्त गर्नुभएको थियो । कार्यक्रममा एमाले बारा जिल्ला उपाध्यक्ष टिना सुवेदी स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने सहजीकरण एमाले बारा जिल्ला कमिटी सचिव अध्यानन्द पाण्डेले गर्नुभएको थियो ।


















