वीरगन्ज,प्रेस सेन्टर नेपाल पर्सा शाखाको पाँचौं जिल्ला सम्मेलन नयाँ नेतृत्व चयन गर्दै मंगलबार सम्पन्न भएको छ ।

प्रेस सेन्टर पर्साका अध्यक्ष नीरज पिठाकोटे मगरको अध्यक्षतामा र प्रेस सेन्टर नेपाल केन्द्रीय कार्यालयका सदस्य गोबिन्द देवकोटाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

उद्घाटन सत्रको कार्यक्रमलाई संबोधन गर्दै सेन्टरका कार्यालय सदस्य देवकोटाले अरु पत्रकार भन्दा प्रेस सेन्टरका पत्रकारले समाजमा फरक छाप राख्न सफल भएको र यो कामय राख्न आवश्यक रहेकोमा जोड दिनुभयो ।

सोही कार्यक्रममा नेकपा माओवादी केन्द्र वीरगन्ज महानगरका इचार्ज बावुराम कौशिकले पत्रकार र पार्टीका बीचमा समन्वय आवश्यक रहेको बताउनुभयो । नेकपा माओवादीका वीरगन्ज महानगरका अध्यक्ष रहबर अंसारीले पत्रकारका कारण नै समाज परिवर्तन हुने हुदा परिवर्तनको पक्षमा आवाज उठाउन प्रेस सेन्टरका सदस्यहरलाई आग्रह गर्नुभयो ।

प्रेस सेन्टरका केन्द्रीय आयोजक समितिका सदस्य कृष्णउदास खनालले निकै मेहनत गरेर प्रेस सेन्टर पर्सामा गठन गरिएको बिगत स्मरण गर्दै ंसंघठनका सदस्यहरु वयापक बनाउनुपर्नेमा जोड दिनुभयो । माओवादीका सल्लहाकार एवम् जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाले पत्रकार र जनप्रतिनिधिबीच सहकार्य आवश्यक रहेको बताउनुभयो ।

अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य जुबेर आलमले पत्रकार र विद्यार्थी संगठनकाबीचमा सहकार्य आवश्यक रहेको बताउनुभयो ।

यसैबीच सम्मेलनले दीपक गौतमको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा सोनम गौतम र कृष्णमोहन साह, सचिवमा शिवनाथ यादव, सहसचिवमा राम मंडल कोषाध्ष्यक्षमा सुमन खरेलसहित सदस्यहरुमा सब्दर हुसैन, मेघराज राय, अनिल साह, प्रणय साह, सनम श्रेष्ठ, माधव तिमलसिना, दिगम्बर थापा, अजित भुजेल, रितेन्द्र झा र समिनना रंजितकार निर्वाचित हुनु भएको छ ।

यसरी नै प्रदेश प्रतिनिधिमा शिवनाथ यादव, मुनेश लायो मगर, राम मंडल र अशोक श्रीवास्तव चयन हनु भएको छ भने केन्द्रीय प्रतिनिधिमा नीरज पिठाकोटे, जगत राइ र संतोष पौडेल चयन हुनु भएको प्रेस सेन्टर नेपाल केन्द्रीय सम्मेलन आयोजक समितिका सदस्य कृष्णउदास खनालले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here