सिमरा,बारा कांग्रेसले निर्वाचन क्षेत्र ४ (क) को लागि एकै परिवारका तीनजनाको नाम सिफारिस गरेको छ ।

प्रत्यक्षतर्फ सिफारिस भएका छविलाल शर्माकी श्रीमती गीता शर्मा तथा बहिनी मीना शर्मा (ढकाल) समानुपातिकतर्फ सिफारिस भएका हुन् ।

बारा क्षेत्र नम्बर ४ (क) का क्षेत्रीय सभापति सुमनकुमार भट्टराईले कार्यकर्ताको मन राख्नकै लागि मापदण्डलाई बेवास्ता गरेको स्वीकार गर्नुभयो । प्रदेशसभा क्षेत्रीय कार्यसमिति बाराको शनिबारको बैठकले प्रत्यक्षतर्फ ९ जना र समानुपातिकतर्फ १८ जनाको नाम सिफारिस गरेको हो ।

एउटै परिवारका तीनजनासम्म सिफारिश भएको सन्दर्भमा आकांक्षीले सोच्ने कुरा भएको तर्क गर्नुभयो । आफूहरुले त किन मन दुखाउने भनेर जो–जो आए सबैको नाम पठाएको उहाँले बताउनुभयो ।

अधिकतम ३ जनाको नाम सिफरिस गनुपर्ने पार्टीको निर्देशन भए पनि आकांक्षी उम्मेदवारको संख्या धेरै भएका कारण यति धेरैको नाम सिफारिस गरेको उहाँको भनाइ छ. ।

प्रत्यक्षतर्फका दावेदार ९ जना उम्मेदवार मध्येका ओमकृष्ण कार्की २०७४ को निर्वाचनमा तत्कालीन नेकपा एमालेका उम्मेदवार सुन्दर विश्वकर्मासँग पराजित हुनुभएको थियो । शोभा लामा समानुपातिक तर्फको बहालवाला मधेस प्रदेशसभा सदस्य हुनुहुन्छ ।

महासमिति सदस्य श्यामबाबु गुप्ता आफूलाई दाबेदार मानिरहनुभएको छ भने गत वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा उपप्रमुखको टिकटका लागि अन्तिम समयसम्म दौडधुप गरेकी नारायणी रायमाझी नीरुले पनि महिला भएको कारण प्रदेशसभा सदस्यको टिकट आफूले नै पाउनुपर्ने दाबी गरिरहनु भएको छ ।

प्रदेशसभा सदस्य उम्मेदवार हुनका लागि १० वर्ष पार्टीको क्रियाशील सदस्य भएको हुनुपर्ने भए पनि कतिपय दाबेदारको न्यूनतम मापदण्ड नपुगे पनि बाध्यताले सिफारिस गर्नुपरेको कांग्रेस स्रोतले जनाएको छ ।

यता निर्वाचन क्षेत्र ४ (ख) का लागि कांग्रेसले समानुपातिक तर्फ १३ जनाको नाम सिफारिस गरेको छ । सिफरिस गरिएका दाबेदार उम्मेदवारको नामवाली क्षेत्रीय कमिटी, प्रदेश कमिटी हुँदै केन्द्रमा पठाउने र केन्द्रीय कमिटीले प्रत्यक्ष र समानुपातिकतर्फ १–१ जनाको नाममा अन्तिम निर्णय गरेर जिल्ला पठाउने सभापति भट्टराई बताउनुभयो । उहाँका अनुसार भदौ अन्तिमसम्म सबै क्षेत्रको उम्मेदवारहरुको नामावली टुंगो लाग्नेछ ।थाहाखबरबाट साभार

Leave a Reply