जीतपुर,मध्य तराईमा धुमधामका साथ मनाईने छठ पर्वको अवसरमा राजनीतिक दलहरूले बिभिन्न कार्यक्रम गरिरहँदा बाराको जीतपुरका समाजसेवी एवंम् युवा नेता मनोजकुमार साह भने छठी घाट र सार्वजनिक स्थानहरुको सरसफाइमा केन्द्रित हुनु भएको छ । समाजसेवी साहले राजनीतिक दलहरुको ध्यान नपुगेको सरसफाइ कार्यमा अग्रसरता देखाउनुभएको हो । उहाँले जीतपुर क्षेत्रमा अभियान कै रूपमा सरसफाइ गर्दै आउनु भएको छ ।
साहले स्थानीय युवाहरुलाई परिचालन गरेर जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ स्थित रातोपुल, केरोढोका, सेडा टोल, शिव पर्वती हलको पछाडि रहेको वस्तिमा लगायतका स्थान र छठ घाटमा सरसफाइ गराउनु भएको हो । साहको अगुवाइमा दैनिक सयौंको सख्यमा युवाहरु सहभागी बनेर जीतपुरको छठ घाट सरसफाइ संचालन हुदै आएको स्थानीय बिनोद पासवानले बताउनुभयो । उहाँले तिहार लगत्तै छठ घाटको सरसफाइ र सजावट पनि गर्दैै आउनुभएको छ ।
सरसफाइ अभियानमा ईलाका प्रहरी कार्यालय जीतपुरका प्रमुख रोशन अधिकार, सशस्त्र प्रहरी बेश क्याम्प कार्यालय जीतपुरका प्रमुख भिम खनाल र स्थानीय युवाहरु सदिप साह, भुनेश पसावान, चन्द्रकिसोर साह, मुकेश पासवान, सतोष साह, राजबाबु साह, हरिचन्द्र पासवान, बब्लु गुप्ता, बलिराम गुप्ता, मुरारी पुरी, सतोष पासवान, मुकेश पासवान, हृदयनारायण साह, राजकुमार यादव, आफताब आलमलगायतको सहभागिता रहेको थियोे ।