दुष्यन्त चौधरी,
देश संघीयतामा गइसकेपछि घरघरमा सिंहदरबार आएको भनियो । त्यही दरबारमा बस्ने राजाहरूको म्याद सकिन लागेको छ । उक्त दरबारको कुर्सीमा बस्ने आकांक्षीहरूले विभिन्न माध्यमलाई परिचालन गरेर फेरि सक्रिय बन्न थालेका छन ।
त्यही भएर बारामा स्थानीय तहको चुनाव लागिसकेको संकेत देखिएको छ । अहिले विभिन्न नेताले सामाजिक संजाल, पत्रपत्रिका लगायतको विभिन्न माध्यबाट चर्चामा देखिन थालेकाले सजिलैसँग अनुमान गर्न सकिन्छ कि चुनाव लागेके हो भनेर । त्यति मात्र हैन अहिले जिल्ला प्रशासन कार्यालय बारामा नागरिकता लिने र मतदाता परिचय पत्र बनाउनेको संख्या पनि ह्वात्तै बढेको छ । त्यति मात्र हैन नागरिकता लिनेले नागरिकता लिएपछि त्यही दिन मतदाता नामावलीमा आफ्नो फोटो सहितको नाम दर्ता गराउनु बारामा चुनाव लागे ज्वलन्त उदाहरण हो । बास्तावमा निर्वाचनको हावाले नछोएको भए मतदाता परिचय पत्र बनाउन मान्छेहरुले यति हातार गर्ने थिएनन् होला । पार्टीका नेताले पार्टी परित्याग, पार्टी प्रवेश लगायतको कार्यमा बढी नै प्राथमिकता दिएर सक्रियता देखाएका छन ।
निर्वाचन सकिएपछि चार वर्षभित्र काम नपाए बस्नु नै भएको होला भन्ने प्रश्न गर्दा आफूहरु चार वर्षसम्म सुतेर नबसेको र यो ववधिमा जिल्लाका १६ वटै स्थानीय तहका र जिल्ला सदरमुकाममा गरि १७ वटा माध्यमिक विद्यालयका कक्षा नौ र दसमा अध्ययन गर्ने विद्यार्थीहरूलाई निर्वाचन शिक्षा कार्यक्रम संचालन गरिएको जिल्ला निर्वाचन कार्यालय बाराका अधिकारी सरोजकुमार चौधरीले जानकारी दिनुभयो ।
त्यसैगरी प्रत्येक स्थानीय तहको केन्द्रमा मतदाता नामावली अधावधिक कार्यक्रम संचालन, मतदान केन्द्रको अधावधिक कार्यक्रम, मतदाता नामावली संकलन लगायतको कार्यक्रम गरिएको जिल्ला निर्वाचन अधिकारी चौधरीले जनाउनुभयो । एउटा उखान नै छ ‘जब परे राति अनि बुढी ताती’ अर्थात अब निर्वाचन मुखमै आएकोले फोटो सहितको मतदाता नामावली दर्ता गराउनेको संख्यामा वृद्धि भएको उहाँले बताउनुयो । त्यति मात्र कहाँ हो र गाउँका नेताले त आफैले गाडीमा बसाएर मतदाता नामावलीमा नाम समावेस गराउन मतदातालाई ओसार्न थालेका छन ।
यसअघि दैनिकी औसतमा २० जनाले मात्र फोटो सहितको मतदाता नामावली बनाउने गरेकोमा अहिले जिल्ला निर्वाचन कार्यालयमा दैनिक १ सय ३०, जिल्ला प्रशासन कार्यालयमा १ सय, ईलाका प्रशासन कार्यालय कोल्हबीमा ५० र ईलाका प्रशासन कार्यालय सिमरामा ५० गरि दैनिकी औसत तीन सय जनाले फोटो सहितको मतदाता नामावली बनाउने गरेको जिल्ला निर्वाचन अधिकारी चौधरीले बताउनुभयो ।
फोटो सहितको मतदाता नामावली बनाउनेको संख्यामा वृद्धि भएको भन्दैमा चुनाव लागेको भनेर निर्वाचन कार्यालयको अधिकारीको कुर्सीमा बसेर भन्न नमिल्ने पनि उहाँले जानकारी दिनुभयो ।