काठमाण्डौं,राष्ट्रपति रामचन्द्र पौडेलको छातीमा स्थायी पेस मेकर राखिएको छ । उहाँलाई ७२ घण्टाको नियमित निगरानीका क्रममा मुटुको चाल समयसमयमा कम हुने देखिएपछि विशेषज्ञको परामर्शमा पेस मेकर राखिएको हो ।त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा मंगलवार राष्ट्रपति पौडेलको शरीरमा सफलतापूर्वक पेस मेकर राखिएको अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. रत्नमणि गजुरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।राष्ट्रपति पौडेल यही असार २ गतेदेखि अस्पतालमा उपचाररत हुनुहुन्छ । अहिले उहाँको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

Leave a Reply