जियालाल चौधरी,
कोल्हवी,प्रथम वडा अध्यक्ष कप फूटबल प्रतियोगिता २०७९ को उद्धाटन खेलमा वीरगन्ज युथ एकेडेमी विजयी भएको छ । बीरगन्ज युथ एकेडेमीले हातेमालो युवा क्लब चन्द्रपुर रौतहटलाई ५÷० को अन्तरले पराजित गरेको छ ।वीरगन्जको जितमा सुजल डङ्गोल र आकाश पासवानले २÷२ गोल र कृष्ण शाक्यले १ गोल गर्नुभएको हो । शनिबारको खेलको म्यान अफ दि म्याच विजयी टोलीका आकाश पासवान हुनुभएको छ । आइतबार रतनपुर युवा क्लब बारा र इन्डिया बिहार एफसी घोडासाहनबीच खेल हुनेछ ।


















